रामेछाप कृषि विकास कार्यालयलाई ८ करोड ११ लाख बजेट



४ मंसिर, रामेछाप ।
जिल्ला कृषि विकास कार्यालय रामेछापले आर्थिक यस आर्थिक बर्षको लागि ८ करोड ११ लाख ३१ हजार बजेटको अख्तियारी पाएको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र मल्लले बजेटलाई प्रभावकारी कार्यान्वयन गर्ने बताएका छन् ।

उनकामध्यपहाडी बृहत्तर मकै उत्पादन कार्यक्रम अन्तर्गत विउ १५ मेट्रिकटन , विद्युतीय मकै छोडाउने मेसिन १ वटा, हाते कन्सेलर ५० वटा, पावर टिलर ४ वटा र त्रिपाल ९० वटाका लागि १४ लाख ९७ हजारको बजेट अख्तियारी आएको छ ।

यसैगरी सहकारी खेती साना सिचाई तथा मल विउ ढुवानी कार्यक्रम अन्तर्गत साना सिचाई निर्माण तथा मर्मत संभारका २१ वटा योजना र प्लाष्टिक पोखरीका १ सय ७० वटा योजनाका लागि ८३ लाख ४ हजार रुपैयाँ बजेटको अख्तियारी पाएको उनले बताए । यसैगरी राष्ट्रिय पुननिर्माण कोष अन्तर्गत धान गहुको लागि थ्रेसर ४० वटा, विद्युतिय मकै छोडाउने मेसिन ८६ वटा, मिनिटिलर २९ वटा, सिंचाइका लागि ड्रिप इरिगेसन ८५ वटा, प्लाष्टिक पोखरी ५७ वटा, हर्मे्टिक व्याग १७ हजार १ सय ४३ वटा र जिरोइनर्जी पम्प ११ वटाका लागि २ करोड ८१ लाख १० हजार वजेट स्वीकृत भएको छ ।
सार्वजनिक गरिएको कार्यक्रम अनुसार घर बगैचा कार्यक्रम अन्तर्गत पोषण सुधारका लागि तरकारी किट, तालिम, कृषि सामाग्री सहयोगका लागि १२ लाख ३१ हजार वजेट अख्तियारी आएको छ । यसैगरी कृषि प्रसार कार्यक्रम अन्तर्गत स्कीन हाउस निर्माण १ वटा, नमुना कागती बगैचा स्थापना १० वटा, सुन्तलाजात क्षेत्र विस्तार २५ हेक्टर, नर्सरी सुद्धढिकरण २ वटा, प्रस्तावमा आधारित तरकारी खेति १५ वटा, नमुना तरकारी फर्म स्थापना २० वटा, व्लगमा तरकारी उत्पादन सहयोग ३० वटा, मौरीघार वितरण खालि १ सय ४० वटा, च्याउ उपकरण १३ वटा, च्याउ विउ ३ हजार वटा, अलैची नर्सरी स्थापना २ वटा, मेसीनरी औजार २८ वटा र संकलन केन्द्र स्थापना १ वटाका लागि ४ करोड ७ लाख ८९ हजार बजेटले स्वीकृती आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्