आयोजनामा समस्या आएर ४५ मिनेट विद्युत जादा कुलमान घिसिङले मागे माफी



६ मंसिर, काठमाडौं ।
उपत्यकालाई लोडसेडिङमुक्त बनाएर देशलाई नै लोडसेडिङमुक्त बनाउने अभियानमा रहेका नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख कुलमान घिसिङले ग्राहकहरुसँग माफी मागेका छन् । नेपाल विद्युत प्राधिकरणको मध्यमस्र्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन प्रणालीमा समस्या आएपछि मुलुकभर करिब ४५ मिनेट विद्युत् आपूर्ति बन्दपछि घिसिङले ग्राहकसँग माफी मागेका हुन् । सो आयोजनाको पहिलो युनिटमा समस्या आएपछि केन्द्रीय प्रणालीमा नै समस्या आएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

fullscreen-capture-11212016-75407-pm

अधिकारीका अनुसार सो आयोजनाबाट ७० मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । त्यसमध्ये पहिलो युनिटबाट उत्पादन हुने ३५ मेगावाटमा समस्या आएको हो । आयोजनाको पहिलो युनिटमा समस्या आएपछि मुलुकभरकै विद्युत् आपूति बन्द भयो, तर प्राधिकरणले समयमै समस्या समाधान गर्न सफल भएपछि केही समयमा पुनः विद्युत् आपूति सूचारु भयो,उनले भने । साँझ ५ः४५ देखि प्राधिकरणको प्रणालीमा समस्या आएपछि मुलकुभर नै विद्युत् आपूर्ति बन्द भएको थियो । यस्तै प्राधिकरणको केन्द्रीय भारप्रेषण केन्द्रले पनि प्रणालीमा सामान्य समस्या आएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्