रामेछापका गाविस सचिवलाई प्रजिअ अधिकारीको कडा निर्देशन



७ मंसिर, काठमाडौं ।
रामेछापका गाविस सचिवहरु सम्बन्धित गाविसमा बस्नुको सट्टा सदरमुकामै बसेर नागरिकलाई दुःख दिएको गुनासो बढेपछि रामेछापका प्रमुख जिल्ला अधिकार प्रकाशचन्द्र अधिकारीले गाविसमै बसर काम गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । उनले सदरमुकाम मन्थलीमा बसेर भन्दा पनि जनतालाई गाविसमै बसेर सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।
एकीकृत घुम्ती शिविर सञ्चालनको क्रममा रामेछापको गौश्वारा पुगेको सरकारी सेवा प्रदायक संस्थाको स्वागतमा स्थानीयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे प्रजिअ अधिकारीले गाविस सचिवहरुलाई गाउँमै रहेर काम गर्न निर्देशन दिएका छन् । उनले स्थानीयलाई गाविसबाट सञ्चालिन कार्यक्रम प्रभावकारी नभए आफूलाई जानकारी गराउन पनि आग्रह गरे । प्रजिअ अधिकारीले भने,‘गाविस सचिव गाविसको कार्यक्रममा बसेर काम गर्दैनन भने मलाई उजुरी गर्नुहोस ।’

प्रतिक्रिया दिनुहोस्