मन्थलीमा बन्ने भो सुविधा सम्पन्न अस्पताल



७ मंसिर, काठमाडौं ।
रामेछापको सदरमुकाम मन्थलीस्थित आकाशे मैदानमा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ । डिएफआईडि र यूनिसेफको आर्थिक सहयोगमा नौ कोठे पक्की भवन बन्न लागेको हो । भवनको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाश प्रसाद साहले शिलन्यास गरेका छन् ।

भवन सिलान्यास कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख पुरुषोत्तम सापकोटा, विभिन्न सरकारी कार्यालयका प्रमुख लगायत स्थानीयको सहभागीता रहेको थियो । भवन निर्माणको लागि डिएफआईडि १ करोड ३५ लाख, युनिसेफले ८५ लाखको लगानीमा ९ कोठे पक्की भवन निर्माण हुन लागेको हो ।
स्थानीय सामुदायिक बनको ३० रोपनी जग्गा प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीलाई प्राप्त भएपछि सो स्थानमा भवन निर्माण गर्न लागिएको हो । अहिलेको प्राथमिक स्वास्थ्य केन्द्र रहेको स्थान साँघुरो र अप्ठेरो ठाउमा भएकाले स्वास्थ्य केन्द्र आकाशेमा बनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्