राष्ट्रसेवक कुलमान घिसिङको विरुद्ध लाग्ने यस्ता छन अनुहार



८ मंसिर, काठमाडौं ।
उपत्यकालाई लोडसेडिङमुक्त गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको लोकप्रियताले अतालिएका केही भ्रष्ट व्यक्तिहरुले पुनः आन्दोलनको चेतावनी दिएका छन् । नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी केन्द्रीय संघर्ष समितिको नामका कांग्रेस र एमालेका कर्मचारीहरुले पुन आन्दोलनको घोषणा गरेका छन् ।
संर्घर्ष समितिले निकालिएका दैनिक ज्यालादारी कर्मचारी साथीहरूलाई पुर्नवहाली गर्नुपर्ने, नेविप्रामा कार्यरत सम्पूर्ण दैनिक ज्यालादारी कर्मचारीलाई प्रक्रिया पु¥याई एकमुष्ट स्थायी बनाउनुपर्ने, औषधी उपचार तथा दुर्घटना, विमाको व्यवस्था गर्नुपर्ने लगायत मागहरू अघि सारेका छन् ।

????????????????????????????????????

संघर्ष समितिका अध्यक्ष नरेन्द्र यादवले उपत्यकालाई लोडसेडिङ मुक्त गराउने योजनामा सरकार लागेको भएता पनि यस कार्यलाई स्थायी र सफल बनाउनको लागि उच्च निकायले मात्रै सम्भव नहुने भन्दै ज्यालादारीको रुपमा काम गर्ने कर्मचारीका सम्पूर्ण मागहरू सम्बोधन गर्नुपर्ने बताए । उनले भने,‘सरकार अभिभावक भएर भूमिका खेल्नुपर्छ, अर्कोतर्फ रोजगारीले हामीलाई सवल र असल नागरिक बनाएको यस समयमा सरकारले अन्याय गर्नु जायज होईन, त्यसैले हामी आग्रह गर्दछौ ।’
कार्यक्रममा मोहन प्रसाद घिमिरेले उर्जामन्त्री जनार्दन शर्मा र कार्यकारी निर्देशक कुलमान घिसिङले चाहेर मात्र उपत्यकालाई उज्यालो बनाउने र स्थायी रुपमा लोडसेडिङको अन्त्य गर्न सम्भव नहुने बताए । घिमिरेले भने,‘स्थायी कर्मचारीको हकमा विनियम लागु नहुने तर ज्यालादारी कर्मचारीको हकमा पटक–पटक विनियम बाधक छ भनेर हामीलाई अन्यायमा पार्ने काम भो ।’ कार्यक्रममा वार्ताटोली सदस्य कमला बन, लिलबहादुर दसौदि, जनकराज शर्मा, रविन्द्र गिरी, केवलराम डाँगीलगायतले आफ्ना कुराहरू राखेका थिए । प्राधिकरणले अराएको भन्दा आफू निटक पार्टीको कार्यक्रममा सहभागी हुने र तलब बुझ्ने बेला प्राधिकरणमा आएर निहुँ खोज्ने गरेको प्राधिकरणकै कर्मचारी बताउछन् ।

प्रतिक्रिया दिनुहोस्