रामेछापको गौश्वरामा गाडी पुगेपछि स्थानीय दंग



८ मंसिर, रामेछाप ।
रामेपछापको विकट गाविस गौश्वराको ताम्चेतसम्म अब काठमाडौंबाट सिधा बस सञ्चालन भएको छ । सडकले भएपनि गुणस्तरीय सडक नहुँदा वस चल्न नसके पनि हाल सडकको स्तरउन्नती मार्फत राजधानी काठमाडौंबाट सिधा बस सञ्चालन सुरु भएको हो ।

ramechhap-gaushara-vdc
तस्बीर सौजन्यःगणेश बहादुर मगर

जिल्लाको विकट गाविसको रुपमा चिनिदै आएको गौश्वरामा बुधवारबाट बस सञ्चालनमा आएको स्थानीय गणेश गणेश बहादुर मगरले बताए । उनका अनुसार अझै पनि केही स्थानमा बस सञ्चालन गर्न मोड नपुग्ने भएकाले मंसिर १२ र १३ गतेबाट काठमाडौबाट सिधा बस सञ्चालन हुनेछ । अरनिको सेवा समितिले नियमित रुपमा बस सञ्चालन गर्ने भएपनि स्थानीयवासी निकै खुसी भएका छन् ।
गौश्वरा गाविसमा उत्पादन हुने कृषिजन्य वस्तुले बजार पाउने भएको भने राजधानी काठमाडौसम्म आवतजावत गर्न सहज भएको छ । काठमाडौं खाडीचौर, मुडे देउराली हुँदै गौश्वरासम्म अब बस सञ्चालन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्