१२ फोटोमा हेर्नुहोस रामेछाप मन्थलीको सेरोफेरो



 ९ मंसिर, रामेछाप ।
तीन लालको जिल्ला रामेछाप ऐतिहासिक, प्राकृतिक  र धार्मिक रुपमा आफ्नो पहिचान बनाएको छ । प्राकृतिक स्रोत र साधनले धनी भएर पनि रामेछाप जिल्लाले विकासमा भने फड्को मार्न सकेको छैन् । पञ्चालयकालमा नै दुर्गम जिल्लालाई सुगम जिल्ला घोषणा गरिदा रामेछाप जिल्ला अहिले पनि विकास निर्माणमा पछाडि परेको छ । रामेछाप जिल्ला विस्तारै विकासको गतिमा अगाडि बढेको छ ।

ramechhap-manthali-3-jpg-99
रामेछाप जिल्लाको सदरमुकाम मन्थली तामोकोसीको किनारमा अवस्थित छ । सदरमुकाम मन्थली शहरीकरण विस्तारकै चरणमा छ । सदरमुकाम आसपास  ठूलाठूला फाँट रहेका छन् । बर्षाको समयमा उर्लने रणजोर र सुकजोरले मन्थलीबासीलाई सास्ती दिन छोडेको छैन् ।

ramechhap-manthali-5-jpg-66

सदुरमुकाम शहरीकरणसँगै व्यवस्थित हुने चरणमा रहेको छ । सदरमुकाम मन्थलीबाट राजधानी काठमाडौंको दुरी कबिर १ सय ३० किलोमिटरेको छ । विपी राजमार्गसँगै रहेको रामेछाप र सिन्धुली जोडने खुर्कोटको पक्की पुल सञ्चालनमा आएपछि रामेछापवासीको जीवनस्रत नै परितर्वन भएको छ ।

रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछापबाट २०४५ सालबाट विधिवत रुपमा सदरमुकाम मन्थलीमा सरेको थियो । राजधानी काठमाडौंसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लासँगै  रामेछाप जिल्ला जो

ramechhap-manthali-5-jpg-66

डिएको छ । १,५४६ वर्ग किलोमिटरमा फैलिएको रामेछाप जिल्ला पर्याप्त स्रोत र साधान भएर पनि सही सदुपयोग हुन सकेको छैन् ।
रामेछापलाई तीन लालको जिल्लाको रुपमा चिनिने गरिन्छ । नेपाली साहित्य शहीद कृष्णलाली अधिकारी, शहीद गंगालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म रामेछाप जिल्लामा भएको थियो ।

ramechhap-manthali-2-jpg-6

रामेछापका राजनीतिक दलहरुले हाल दुई नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तह बनाउने सहमति गरेका छन् । रामेछापको मन्थलीलाई २०७१ सालमा नगरपालिका घोषणा गरिएको थियो । रामेछाप जिल्लामा हाल करिब २ लाख जनसंख्या रहेको छ ।

manthali-11-jpg-7

manthali-10-jpg-5

manthali-9-jpg-4

manthali-8-jpg-3

ramechhap-manthali-4-jpg-88

manthali-7-jpg-2

प्रतिक्रिया दिनुहोस्