रामेछापको मझुवामा गाडी भित्र जलेको अवस्थामा शव भेटियो



९ मंसिर, रामेछाप ।

रामेछाप जिल्लाको मझुवा गाविस-१ मानेडाँडामा बिहीबार विहान गाडीसँगै जलेको अवस्थामा एउटा शव फेला परेको छ । मे १ ज २१८७ नम्बरको गाडीभित्र शव फेला परेको हो । विहान करिव साढे चार बजेतिर विपि मार्ग हुँदै रामेछापको सित्खामा रहेको सुनकोसी पुलबाट सो गाडी रामेछापको मझुवा तर्फ लागेको र विहान ६ बजेतिर आगो लागेको देखिएको स्थानीयले बताएका छन् । खबर पाए लगत्तै रामेछापका प्रहरी प्रमुख कुमुद ढुंगेलसहितको टोली घटनास्थलमा गएको थियो । जलेर मृत्यु भएका गाडी चालक नै भएको हुनसक्ने अनुमान रहेको  जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
8EZkyxBkLS45D, NMc5hKbPMEDKT, MLOGorMT, 0RXqhjP, ZSdU12DD1zg6T9n1, aTchStf, 1C9AF, Edbma, Ufyauq3fwFGr, 8UQkF0Zs