जब प्रधानमन्त्री मोदी संसदमा खित्का छोडेर हासेपछि….



९ मंसिर, काठमाडौं ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संसदमा अधिकांश समय गम्भीर मुद्रामा देखिन्छन् । तर, बिहीबार राज्यसभामा उनी खित्का छाडेर हाँसे । नोटबन्दीबारे राज्यसभामा भएको बहसका क्रममा समाजवादी पार्टीका सांसद नरेश अग्रवाल बोलिरहेका थिए र संसदमा प्रधानमन्त्री मोदी पनि उपस्थित थिए ।

अग्रवालले मोदीमाथि धाराप्रवाह धावा बोले । उनले मोदीको अगरा र जाजीपुर भ्रमणको चर्चा गर्दै भने कि आफ्नो र्‍यालीमा उनी निकै गम्भीर देखिएका थिए ।अग्रवालले भने, ‘तपाईले गोवामा भन्नु भएको थियो कि तपाईलाई मानिसहरुले मार्छन् । उत्तर प्रदेश आउँदै गर्नुस् । यहाँ विना रोकटोक आउनुस् किनकी यहाँ कानुनी राज्य छ ।’

अग्रवालको यो कुरा सुनेर मोदी र वित्तमन्त्री अरुण जेटलीले हाँसो रोक्न सकेनन् । दुबै लामो समय हाँसिरहे । र, सिंगो संसदमा हाँसो छायो ।  मनमोहन सिंह पछि बोलेका उनले अहंकारले सँधै अन्धकार तिर लैजाने बताए । संटकाल लगाउँदा इन्दिरा गान्धीलाई पनि लाग्थ्यो कि यो कदमले जनता खुसी छन् । तर, चुनावमा हारे । अहिले नोटबन्दीको निर्णयमा पनि मोदीलाई जनता खुसी रहेको लागेको भन्दै उनले चुनावमा थाहा हुने बताए ।

प्रतिक्रिया दिनुहोस्