राष्ट्रसेवक कुलमानलाई स्यावास



उपत्यकालाई लोडसेडिङमुक्त गरेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले सबैको स्यावासी पाएका छन् । उपत्यकामा लाखौ जनताले कुलमानको प्रशंसा गरेका छन् । काम ठूलठूला हुन्छन तर त्यसलाई पूरा गर्न सकारात्मक सोच र चिन्तनको खाँचो पर्छ । दैनिक १८ घण्टासम्म लोडसेडिङ गरेको प्राधिकरणका पूर्व प्रमुखहरुलाई अहिले बजारमा मुख छोपेर हिडनु परेको छ । कुलमानको नियुक्ति गरिदा जुनिएर भएको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर पनि भयो । सर्वोच्च अदालतले कुलमानकै पक्षमा फैसला गर्यो ।

dipendra-kurmar-karki-jpg-1
दिपेन्द्र कुमार कार्की

कुलमानका विरुद्ध प्राधिकरणका कर्मचारीहरु नै उभिए । तर कुलमानले हल्ला गरेनन । इमान्दारीताको साथ काम गरेर देखाइदिए । त्यो पनि बर्षौदेखि हुन नसकेको काम एक महिनामा परिणाम नै निकालेर देखाएर उपत्यकालाई अब सधै झलमल हुने काम गरिदिए । लोडसेडिङ नहुँदा आज राजधानीको जीवनशैली नै फेरिएको छ । उपत्यकावासीले कुलमानलाई साक्षत भगवान मानेका छन् ।

राजधानीमा यस अघि न बिहान उठदा बत्ति हुन्थ्यो न राती नै । कुलमान रामेछाप जिल्लाको बेथान गाविसमा धुलोमैलो खेल्दै हुर्किएका व्यक्ति हुन् । चिलिमे योजनामा उदाहरण बनेर काम गरेका कुलमानलाई राम्रो काम गरे बापत दण्डित पनि गरियो । तर उनले हार खाएनन । ढिलोचाँडो सरकारले घिसिङको प्रतिभा चिन्यो र प्राधिकरणको प्रमुख बनायो ।
कुलमान घिसिङ आज जनताको हिरो भएका छन् । सबैले हाइहाई गरेका छन् । कुलमानले राम्रो कामको सुरुवात मात्र गरेका हुन् । प्राधिकरणसँग भएको नीति र योजनालाई कार्यान्वयन गरेका मात्र हुन् । उनले भएको बिजुली जनतालाई दिएका हुन् । लोभ लालचा र प्रलोभनमा नफसी देश र जनताको भेलो चिताएका हुन् । कुलमानले प्राधिकरणमा मात्र होइन सिंगो प्रशासन क्षेत्रको लागि एउटा गतिलो उदाहरण बनेका छन् । उनले उपत्यकालाई मात्र होइन सिंगो देशलाई उज्यालो बनाउने दायित्व र जिम्मेवारी छदैछ । कुलमानले इमान्दारीता देखाए । गलत बाटो नहिडने प्रतिबद्धता अनुसार अगाडि बढे यही नै उनले गरेको प्रशसनीय काम हो ।
देशलाई ठूलो मान्छे भन्दा पनि असल मान्छेको खाँचो छ । देशमा ठूला मान्छे धेरै छन् । तर समग्र जनताको हित र चाहना भन्दा पनि व्यक्तिगत स्वार्थ हेर्न मानिसहरुको भीड हुँदा आज जनताहरुले पाउने सेवा सुविधाबाट बञ्चित भएका छन् । इमान्दार व्यक्तिहरुको खडेरि परेको बेला कुलामान घिसिङले सबैलाई आशाको सञ्चार गराइदिएका छन् । काम गर्न दृढ इच्छा शक्ति भए भएका स्रोत र साधनबाट पनि जनतालाई सेवा सुविधा प्रदान गर्न सकिन्छ भन्ने मान्यतालाई राम्रोसँग स्थापित गरेका छन् ।
कुलमानको चर्चा चुलिएको छ । राम्रो काम गर्नेलाई सम्मान गर्नुपर्छ । नागरिकहरुले खुलेर गरेका छन् । अब यो देश निर्माणको लागि कुलमानजस्तै व्यक्तिहरु अगाडि बढ्नु पर्ने जरुरी छ । देशमा केही भएन भन्ने निराशा पाल्नेहरुलाई कुलमानले आशा जगाएका छन् । यति मात्र होइन अब केही समयपछि नै देशलाई लोडसेडिङमुक्त बनाएर नेपाल बिजुली बेच्ने देश बनाउने कुलमानको सपना छ ।
निर्माण हुने हाइड्रो पावरमा शेयर हाल्न लगाएर जनता धनी बनाउने योजना उनले अगाडि सारेका छन् । जनता धनी भए देश आफै धनी भइहाल्छ । कुलमानको कार्यकालयमा देशले नै मुहार फर्नेछ । कुलमानले चाल्ने हरेक पाइलामा सबैको साथ र सहयोग दिनुपर्ने जरुरी छ । विभिन्न बहानामा माग राखेर कुलमानको चालेको पाइलामा अब अवरोध गर्ने छुट कसैलाई पनि छैन ।

राष्ट्रसेवक कर्मचारीको खुट्टा ताल्नेहरु जनताका सेवक हुन सक्दैनन । अब कुलमानजस्तै राज्यका हरेक प्रशासनिक निकायमा इमान्दार व्यक्तिहरुको खाँचो छ । स्वास्थ्य शिक्षा लगायत सबै क्षेत्रमा इमान्दार राष्ट्रसेवकको आवश्यकता छ । छोटै समयमा पनि जनताको मन जितेर अध्याँरोबाटमुक्त गरेर देशलाई नै उज्यालो बनाउने अभियानमा लागेका कुलमान घिसिङलाई राम्रो काम गर्न सहयोग गरौं । रामेछापमा जन्मिएर देशको मुहार फेर्ने अभियानमा लागेका कुलमान घिसिङलाई स्वावास ।

प्रतिक्रिया दिनुहोस्