रामेछाप र सोलुको सीमालार्इ केन्द्र बनाएर ५.६ रेक्टरको भूकम्प



१३ मंसिर, रामेछाप ।

 सोमबार विहानै रोमछाप र सोलखुम्बुको सीमानालाई केन्द्र बनाएर भूकम्प गएको छ । र, भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लाहरुमा समेत महसुस भएको छ ।राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार का अनुसार ५ बजेर २० मिनेटमा गएको भूकम्प ५.६ रेक्टर स्केलको थियो । र, यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै पराकम्प भएको समेत केन्द्रले जनाएको छ ।earthqueak-810-ramechhhap

अहिले पनि रामेछापका बासिन्दा पुनः भुकम्प आउने हो कि भन्ने त्रासमा रहेका छन् । लामो समय भुकम्प महशुस नगरेका रामेछापका बासिन्दा ठूलो धक्का महशुस गरेका थिए । डेढ बर्ष अघि २०७२ साल वैशाख १२ गते आएको भुकम्पले रामेछापमा एक दर्जन मानिसले ज्यान गुमाएका थिए ।  रामेछापमा ४३ हजार ६ सय ९ घर भत्किएका थिए । जिल्ला विकास समिति रामेछापका अनुसार ३९ हजार ६४ घरधुरीसँग अनुदान सम्झौता सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्