अब देशभर नै लोडसेडिङमुक्त हुन्छःउर्जा मन्त्री शर्मा



१३ मंसिर, काठमाडौं ।
उर्जा मन्त्री जनार्दन शर्माले अब उपत्यकाबासीले लोडसेडिङ तालिका देख्नु नपर्ने बताएका छन् । उनले उपत्यका मात्र होइन देशभर नै लोडसेडिङ नहुने गरी सरकारले काम गरेको बताएका हुन् । रफत सञ्चार क्लबले सोमवार आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उनले उपत्यकाभित्र देखिएको बिद्युत चुहावट र आफ्नो मन्त्रालका कर्मचारीहरुले लोडसेडिङ चुहावटमा देखाएको नियन्त्रणका साथै ब्यक्तिगत लाभ भन्दा जनहितका लागि काम गरिरहेकाले अब उपत्यकाबासीले लोडसेडिङले तालिका देख्नु नपर्ने बताए ।
उपत्यकाभित्र लोडसेडिङ अन्त्य गर्दै देशैभर यस अभियानलाई सञ्चालन दिने तयारीका साथै बिद्युत उत्पादनको सुरुवातका साथै सम्भाव्य क्षेत्रको पहिचान गरि काम गर्न सके नेपालले लोडसेडिङको अन्त्य गर्न सक्छ, उनले भने । मन्त्री शर्माले राष्ट्र समृद्ध बनाउन उर्जा क्षेत्रको बिकास अनिवार्य रहेको र सानो लोडसेडिङले हरेक क्षेत्रमा देखिएको परिवर्तनलाई आत्मसाथ गरि अब उर्जा क्षेत्रको बिकासमा हरेक क्षेत्र लाग्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्