रामेछाप मझुवामा जलेको अवस्थामा भेटिएका खड्काको हत्या भएको पुष्टि



१३ मंसिर, रामेछाप ।
रामेछापको मझुवा गाविसमा गाडीभित्र जलाइएको झापाका विशाल खड्काको हत्यापछि गाडी लगाएर हत्या गरेको पुष्टि भएको छ । पोष्टमार्टमको रिपोर्टमा हत्यापछि गाडीमा आगो लगाएरको खुल्न आएको छ । पोष्टमार्टमपछि खडकको शव आफन्तले बुझेर सोमवार नै झापाको कन्काई नदीमा अन्तिम संस्कार गरिएको छ । बिहिबार रामेछापको मझुवा गाविस १ मानेडाँमा गाडीभित्र थुनी आगो लगाए जलाईका खड्काको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएका छन् ।jeeep

रामेछापका प्रहरी प्रमुख डिएसपी कुमुद ढुंगेलले पोष्टमार्टमको रिपोर्टमा हत्या गरी जलाईको पाइएको बताए । उनले रामेछाप न्युजसँग भने,‘घटना निकै योजनाबद्ध र सुनियोजित देखिन्छ, सुरुको अवस्थाबाट अनुसन्धान सुरु गरेका छौ ।’ झापाको दमकबारट काठमाडौँको लागि चल्ने मे १ ज २१८७ नं टाटा सुमोका चालक खड्कालाई मानेडाँडामा अज्ञातले गाडीभित्रै राखि हात वाँधेर ओगो लगाईदिएका थिए । घटना कसले गरायो भन्ने बारेमा अझै केही कुरा खुल्न सकेको छ, हामी निकै गम्भीर ढंगले घटनाको अनुसन्धनमा जुटेका छौ, डिएसपी ढुङगेलले भने ।
यातायात मजदुर तथा मृतकका आफन्तहरुले मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । यसैगरी अपराधीलाई पक्राउ गरी कडा कारबाही गर्नु पर्ने तथा मृतकका २ जना वहिनीहरु मात्र भएको र उनीहरु पढ्दै गरेकाले उनीहरुको निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग पनि आफन्तले गरेका छन् । झापाको लखनपुर गाविस १ घर भएका गाडी चालक खड्का ट्रेड युनियन काँग्रेस यातायात मजदुर युनियन दमका सदस्य हुन् ।मझुवा–१ मा पर्ने निगलपानी मानेडाँडामा बिहीबार बिहान आगो लागेको जिपभित्र नचिने अवस्थामा खडकाको शव भेटिएको थियो ।  आफन्तको दिएको आधारमा खडका नै भएको पुष्टि भएको थियो ।
खडकाको हत्या रहस्यमय
झापाबाट रिजर्भमा काठमाडौं हिडेको जिप झापाबाट रिजर्भमा बिपी राजमार्ग हुँदै काठमाडौंका लागि छुटेको थियो । जिप बिहीबार बिहान साढे २ बजे इलाका प्रहरी कार्यालय खुर्कोटमा इन्ट्री भएको थियो । प्रहरीका अनुसार इन्ट्री गर्दा चालकसहित तीन यात्री भएको देखाइएको छ । बिपी राजमार्ग छाडेर गाउँतिर काठमाडौं हिँडेको जिप सिन्धुलीको झाँगाझोलीबाट बिपी राजमार्ग छाडी उत्तरतर्फ लाग्नु र खडकाको हत्या गर्नु निकै रहस्यम भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुली र खुर्कोटमा गाडी इन्ट्री गर्दा काठमाडौंका लागि भनी लेखाइएकोे गाडी रामेछापतर्फ जानु, चालकबाहेक गाडीमा रहेका यात्रु नभेटिनु घटना रहस्यपूर्ण बनेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । डिएसपी ढुङगेले अपराधीलाई कानुनी कठघरामा ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्