दुम्जा दारिमबोटका बालबालिकालाई न्यानो पोशाक



१४ मंसिर, सिन्धुली (दुम्जा) ।
सिन्धुली जिल्ला कुशेश्वर दुम्जा–४ दारिमबोटस्थित नेपालथोक प्राथमिक विद्यालयका बालबालिकालाई लायन्स क्लव अफ काठमाडौं ३२५ ए १ अन्तर्गतको एलसी केटिएम श्री गणेशद्वारा न्यानो कपडा (स्वेटर, टोपी), झोला र स्टेशनरी वितरण गरिएको छ ।
विद्यालयका ६५ जना छात्रछात्रालाई क्लवका सदस्यहरुले रकम संकल गरी सहयोग गरिएको प्रेसिडेन्ट रमेश थापा क्षेत्रीले बताए । स्वेटर, टोपी, झोला, कपी, पेन्सिल, इरेजर, सार्पनर बितरण गरिएको उनले बताए । कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर कुमार राज सुवेदीले बालबालिकाको शिक्षा लगायत सहयोगको क्षेत्रमा लायन्स क्लवले लाखौं सदस्यमार्फत् कार्य गर्दै आएको बताए ।

dumja-school-2सो अवसरमा डिस्ट्रिक्ट चियर पर्सन खेम कुमार बुढाथोकी, चार्टर प्रेसिडेन्ट बिकास सिवाकोटी, फस्ट भाइस प्रेसिडेन्ट बीपी शर्मा, सेकेन्ड भाइस प्रेसिडेन्ट रमेश नेपाल, ट्रेजरर ममता ताम्राकार, डाइरेक्टर केदार कोइराला, सदस्य अनुराधा राजवंशी र नेत्र राईले बालबालिकालाई सहयोग वितरण गरेका थिए ।
विद्यालयकी प्रधानाध्यापक चन्द्रकला ठकुरीका अनुसार सो विद्यालयमा ९५ प्रतिशत दलित र जनजातिका बालबालिका अध्ययन गर्छन् । पर्याप्त भवन, शौचालय र खेल मैदानको अभावले पठनपाठनमा समस्या परेको प्रअ ठकुरीले बताइन ।

प्रतिक्रिया दिनुहोस्