डा. केसीको स्वस्थ्य अवस्था गम्भीर,अनसन टुङग्याउन सरकारलाई २४ घण्टे अल्टिमेटम



१५ मंसिर, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका नवनियुक्त डिनको राजिनामा लगायतका माग राख्दै विगत अठार दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीलाई सरकारी चिकित्सक संङ्ग नेपालले समर्थन जनाएको छ ।

गोदानका महासचिव डा विष्णुरथ गिरीले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रा डा केसीको अनशन टुङ्ग्याउन २४ घन्टाको अल्टिमेटम दिएको छ । सो समयभित्र दुवै पक्षबीच सहमति नभए सरकारी स्वास्थ्य संस्थामा सेवा उपलब्ध नगराउने विज्ञप्तिमा उल्लेख छ ।dr-gobinda-kc-602x330-jpg-1

महासचिव डा गिरीले २४ घन्टा पछि डा केसीको जीवनरक्षाका लागि गोदानबाट गरिने संङ्घर्षका कार्यक्रममा सक्रिय सहभागिता जनाउन र जटिल परिस्थितिमा सहयोग गर्न आफ्ना सदस्यलगायत आम नागरिकमा आग्रह गरेका छन् ।

डा केसीको कदमबाट दुर्गम क्षेत्रमा कार्यरत र काम गर्न कबुल गरेका चिकित्सकलाई थप प्रोत्साहन हुने गरी नीति निर्माण गर्नसमेत बल पुग्ने अपेक्षा गोदानले लिएको विज्ञप्ति भनिएको छ ।सरकारले प्रा डा केसीको मागबारे वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती सदस्य रहेको वार्ता समिति गठन गरेको छ । समितिले चार पटकसम्म वार्ता गर्दा पनि दुबै पक्षबीच सहमति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्