कुलमान घिसिङलाई विद्युत् प्राधिकरण सञ्चालक समितिको असहयोग



१६ मंसिर, काठमाडौं ।
उपत्यकालाई लोडसेडिङमुक्त गरेर देशभर नै लोडसेडिङमुक्त गर्ने अभियानमा रहेका नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई असफल पार्ने खेल सुरु भएको छ । उपत्यकामा लोडसेडिङ हटाएपछि इनभर्टर व्यपारी, सोलार कम्पनी, जेनेरेटर व्यापारी घिसिङ हटाउने अभियानमा लागेका बेला नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले ठूलो प्रलोभनमा असहयोग सुरु गरेको छ ।kulman-ghising-1
सञ्चालक समिति र कार्यकारी निर्देशक घिसिङबीच देशका विभिन्न स्थानमा आयोजना अघि बढाउनका लागि कम्पनी गठन गर्ने विषयमा विवाद बढेपछि प्राधिकरणका केही निर्णय प्रभावित हुने भएको छ । सञ्चालक समितिको निरन्तर असहयोग हुन थाल्यो भने लोडसेडिङमुक्त राख्ने अभियान पनि प्रभावित हुन सक्ने भन्दै चिन्ता सुरु भएको छ ।

घिसिङको लोकप्रियतासँग आत्तिएर पछिल्लो समयमा मनोज मिश्र, लक्ष्मण अग्रवाल र सुरज लामिछानेले कार्यकारी निर्देशकले ल्याएको प्रस्ताव पारित गर्न असहयोग गरेको प्राधिकरणका एक कर्मचार्रीले बताए । गत मंगलबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकमा विद्युत् व्यापार कम्पनी गठन गर्ने र अन्य आयोजना कम्पनी प्रारुपमा अघि बढाउने कार्यकारी निर्देशकको प्रस्तावलाई सञ्चालकहरुले असहयोग गर्ने काम भएको छ ती कर्मचारीले भने ।

कार्यकारी निर्देशक घिसिङले विद्युत व्यापार गर्न बेग्लै कम्पनी गठन गर्ने, आयोजना अध्ययन गर्न इन्जिनियरिङ कम्पनी बनाउने, माथिल्लो अरुण, दुधकोसी, तामाकोसी ५, माथिल्लो मोदी, उत्तरगंगालगायत जलविद्युत् आयोजना कम्पनीमार्फत अघि बढाउने योजना अघि सारेका छन् ।

चिलिमे र माथिल्लो तामाकोसी प्रारुप सफल भएपछि प्राधिकरणले कम्पनीमार्फत आयोजना निर्माणको तयारी गरेको छ । प्राधिकरणबाट निर्माण भएका आयोजना निर्धारित समयमा नसकिने, रुग्ण भई लागत दोब्बर बढ्ने गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकरणका नाममा रहेको जलविद्युत आयोजना कम्पनी प्रारुपमा अघि बढाउने तयारी गरेका छन् ।

विद्युत व्यापार गर्न र आयोजनाको अध्ययन गर्नका लागि बेग्लै कम्पनी गठनको योजना पनि उनले अगाडि सारेका छन् । घिसिङ कार्यकारी निर्देशक भएपछि युनिएर भएको भन्दै सर्वोच्चमा रिट दाएर भएपनि घिसिङकै पक्षमा फैसाला भएको थियो ।

प्राधिकरणको प्रमुख भएको एक सातामै उपत्यकालाई लोडसेडिङमुक्त गराएपछि घिसिङको विरुद्ध कांग्रेस र एमाले निकट कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गरेर विरोध गरेका थिए । तर कर्मचारीहरुको कदमको चौथर्फी विरोध भएपछि कांग्रेस एमालेका कर्मचारी बाँध्य भएर ब्याक भएका थिए । घिसिङलाई असहयोग गर्नको लागि ज्यालादारी मजदुरलाई गरेपनि कुलमानको विरुद्ध लाग्नेहरु असफल बन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्