डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारी चिकित्सकद्वारा देशव्यापी अान्दोलन घोषणा



१६ मंसिर, काठमाडौं ।
त्रिवि शिक्षण अस्तालमा अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवनरक्षार्थ दबाब दिन सरकारी चिकित्सक संघले शुक्रबारदेखि अान्दोलन थाल्ने भएका छन्। केसीका मागमा एेक्यबद्धता जनाउँदै सरकारी चिकित्सकले अाकस्मिकबाहेकका सेवामा संलग्न नहुने घोषणा गरेका हुन्। अनसन थालेको १९ दिनसम्म पनि डा. केसीका माग पूरा गर्न सरकारले

त्रिभुवन विश्वविद्यालयले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा कनिष्ठ व्यक्ति केपी सिंहलाई डिन नियुक्त गरेसँगै केसीले दसौं सत्याग्रह थालेका हुन्। वरिष्ठताका आधारमा डिन नियुक्ति गर्ने चार पाँच वर्षयताको थिति तोडेर त्रिवि उपकुलपति तीर्थ खनियाँले सिंहलाई नियुक्त गरेपछि केसीले सिंह र खनियाँ दुबैको बर्खास्त मागेका छन्।

राजनीतिक दलको भागबन्डामा सिंहलाई नियुक्त गरिएको र देशमा व्याप्त मेडिकल माफियाहरूलाई सहयोग गर्न त्रिवि, दलका नेता लागेको केसीले बताउँदै आएका छन्। तीन महिनामात्र सेवाअवधि भएका सिंहलाई नियुक्ति राजनीतिक स्वार्थलक्षित रहेको केसीको भनाइ छ।

संसदमा विचाराधिन चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने, मेरिटका आधारमा तोकिएको शुल्कमा मेडिकल कलेजहरूले एमबिबिएस भर्ना लिइनुपर्नेलगायत दस बुँदे माग राखी केसी अनसन बसेका हुन्। विगतमा सत्याग्रह तोडिँदा पटक–पटक सम्झौता भए पनि सरकारले केसीका माग पूरा गरेको छैन।

चिकित्सा शिक्षा र सेवामा रहेका विकृति अन्त्यका लागि १९ दिनदेखि अनसनमा बसिरहेका प्राडा गोविन्द केसीको माग प्रति विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुले ऐक्यावद्धता जनाएका छन् ।बिहीबार बिहान डा. केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेको सम्पादकहरुको टोलीले उनको अनसनमा ऐक्यावद्धता रहेको बताउँदै सरकारले उनको मागप्रति देखाएको उदासिनताप्रति चिन्ता व्यक्त गरेका छन् ।

सम्पादकहरुले आजै संयुक्त व्यक्तव्य जारी गर्दै डा. केसीले डा. केसीले विगत चार वर्षदेखि पटकपटक गरी अनसन बस्नुपर्ने अवस्था आउनु लज्जास्पद भएको बताएको छ ।‘१० औं पटकसम्म मुलुकका एकजना जिम्मेवार नागरिकले सार्वजनिक सरोकारका विषयमा उठाएको मागमा टुंगो नलाग्नु भनेको आफौमा लज्जास्पद छ,’ व्यक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्