टोकरपुरमा महिला बलात्कार गर्न खोज्ने प्राविधिक प्रहरी खोरमा



१९ मंसिर, रामेछाप ।
देशभर महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला रामेछाप जिल्लाको टोकपुर गाविसमा भुकम्पपछिको पुननिर्माणको लागि खटिएका एक प्राविधिकले महिलामाथि दुव्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पीडित महिलाले दिएको उजुरीको आधारमा पुननिर्माण प्राधिकरण केन्द्रीय कार्यान्वयन अन्र्तगत खटिएका प्राविधिक अरुण पटेललाई प्रहरीले पक्राउ गरेको हो ।
टोकरपुरमा पुननिर्माण प्राधिकरणका काममा खटिएका भवन डिभिजन कार्यालयका प्राविधिक ओबरसियर पटेल पक्राउ परेका हुन् । पिडित पक्षले आफुमाथी दुब्र्यबहार गरेको भनि सामुदायिक मेलमिलाप केन्द्र टोकरपुरमा निवेदन दिएपछि घटना सार्वजनिक थियोे । मेलमिलाप केन्द्रले सो निवेदन ईलाका प्रहरी चौकी टोकरपुरमा पठाएपछि आरोपित पटेललाई आईतबारै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याईएको छ । स्थानीयबासीले भुकम्प पछिको पुननिर्माणमा आएका प्राविधिकलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्