डा. गोविन्द केसीले २२ दिनमा तोडे अनसन



१९ मंसिर, काठमाडौं ।

वरिष्ठ चिकित्सक गोविन्द केसी र सरकारी वार्ता टोलीका प्रतिनिधिबीच शनिबार राति भएको १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।आइतबार डा. केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। dr-govind-kc-jpg-1

यससँगै वरिष्ठ चिकित्सक केसीले २२ दिनदेखि जारी सत्याग्रह तोडेका छन्। लामो समय अनसन बस्दा गलेका केसीले अनसनस्थलमा जुस पिएका छन्।डाक्टर केसीलाई सिन्धुपाल्चोकका बालक मार्सङ तामाङले जुस पिलाए। महाभूकम्पमा परी अामा-बाबु गुमाएका तामाङको हातबाट केसीले जुस पिएका हुन्।

शनिबार राति त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनिया लगायत पदाधिकारीको योग्यता, कार्यक्षमता र उनीहरूमाथि लागेको अनियमितता आरोपमा छानबिन गर्न दुई साताभित्र उच्चस्तरीय समिति गठन गर्ने सहमतिलगायत सहमति भएको थियो।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथिति अन्त्य गर्न दसौंपटक अनसनमा बसेका डा केसी र सरकारी प्रतिनिधिबीच शनिबार पटक–पटक भएको वार्तापछि राति ११ बजेतिर बाह्रबुँदे सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस्