अस्थायी शिक्षकलाई चाडै गोल्डेन ह्याण्डसेकः मन्त्री पौडेल



२० मंसिर, काठमाडौं ।
शिक्षामन्त्री धनिराम पौडेलले अस्थायी शिक्षकको समस्या समाधानको लागि सरकारले चाडै गोल्डेन ह्याण्डसेकको व्यवस्था गर्ने बताएका छन् । उनले अस्थायी शिक्षककका सम्पूर्ण समस्या समाधान भई सकेको बताउदै अस्थायी शिक्षकलाई चाँडै नै गोल्डेन ह्याण्डसेक कि स्थायी प्रक्रियामा लैजाने विकल्प सहितको योजना सरकारले अगाडि सारेको बताएका हुन् ।mander-1-jpg-ramechhapरामेछाप दिमीपोखरीस्थित मन्दर माध्यमिक बिद्यालयको ४३ औँ बार्षिक उत्सवको उदघाटन गर्दै शिक्षामन्त्री पौडेलले शिक्षकहरुलाई नयाँ शैक्षिक प्रणाली अनुसार सामुदायिक बिद्यालयको नतिजा माथि उठाउने गरी अध्यापन गराउन आग्रह गरे । उनले सरकारले सामुदायिक विद्यालयको स्तर उकास्नको लागि लगानी गरे अनुसार नतिजा आउन नसकेको बताए ।

कार्यक्रममा रामेछाप क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठले जिल्लाको शिक्षा क्षेत्रको सुधारको लागि आफूले पहल गरिरहेको बताए । उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता धावा लामा, युवा नेता युवराज चौलागाई, जिल्ला शिक्षा रामेछापका  जिल्ला शिक्षा अधिकारी  दिनानाथ गौतम लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्