जन्माउनेकै हुर्काउने जिम्मेवारी हुन्छः सचिव गुरुङ



२० मंसिर, काठमाडौं ।
नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले निकै ठूलो संघर्षबाट जारी भएको संधिवानको रक्षा गर्ने काम आफ्नो पार्टीको काँधमा आएको बताएका छन् उनले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावले समस्या समाधान गर्ने भन्दा पनि थप विवाद सृजना गरेको बताए । एमालेको त्याग तपस्या र वलिदानबाट ल्याएको संविधानलाई केही शक्तिले शहीद बनाउन खोजेको आरोप लगाउदै सचिव गुरुङले संविधानलाई असफल बनाउने खेल भइरहेको बताए ।

एमाले रामेछापद्धारा सदरमुकाम मन्थलीमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गदै सचिव गुरुङले भने,‘अपयारो बाटो हिडेर बनाएको संविधान बाह्य शक्तिले असफल पार्ने खेल खेलेका छन, एमालेले यो खेल सफल हुन दिदैन ।’yamale-ramechhapकार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले संसदमा ३० प्रतिशत भन्दा वढी हिस्सा भएको एमालेलाई अलग राखेर दस प्रतिशतको माग पुरा गर्न खोज्नु समस्या निम्त्याउनु मात्र भएको बताए ।

कार्यक्रममा बैकल्पिक केन्द्रिय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज देवशकंर पौडेलले आगामी निर्वाचन माफर्त एमाले देशको पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरे । कार्यक्रमलाई जिल्ला कमिटि अध्यक्ष शान्तिप्रसाद पौडेल, उपाध्यक्ष प्रेम तामाङ, सांसद कमला सुवेदी लगाएतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्