फास्ट ट्रयाक सरकारले नै बनाउछः प्रधानमन्त्री प्रचण्ड



२० मंसिर,काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं–निजगढ फास्ट ट्रयाक सरकारले तत्काल अगाडि बढाउने बताएका छन् । उनले फास्ट ट्रयाक निर्माणको लागि बजेट नै विनियोजन भएकाले तत्काल काम अगाडि बढाउने बताएका हुन् । फास्ट ट्रयाक निर्माणको लागि ढिलाई भएको भन्दै निजगढदेखि पैदल हिडेरै राजधानी आइपेगका स्थानीय बासिन्दाहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले फास्ट ट्रयाक नेपालले बनाउनुपर्छ भनेर दबाब दिनु राम्रो भएको बताए । उनले यो अभियान सरकारका लागि नैतिक दवाव र उर्जा भएको बताउदै फास्ट ट्रयाक नेपाल आफैले बनाउनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताए ।

????????????????????????????????????

‘राजनीतिक उद्धेश्यका लागि त यस्ता पैदल यात्रा धेरै भए । तर, विकासका लागि पैदल यात्रा र दवाव त्यति धेरै हुने गरेका छैनन्’,प्रधानमन्त्री प्रचण्डले भने,‘फास्ट ट्रयाक निर्माणका लागि तपाईहरुले जुन सामग्री दिनुभएको छ, यसलाई म तुरुन्तै सम्बन्धित मन्त्रालय र विभागमा पठाउँछु । यहाँहरुले दिएका सामग्री हाम्रा लागि सर्कुलरको अर्थमा लिएको छु ।’
ज्ञापन पत्र बुझाउन आएको टोलीले बारा जिल्लामा अवस्थित ठूला राष्ट्रिय गौरवका आयोजना काठमाडौं–निजगढ दु्रतमार्ग र निजगढ विमानस्थलको निर्माण कार्य नेपाली लगानीमा नै तुरुन्त अगाडि बढाउन प्रधानमन्त्रीसँग माग गरेका थिए । केही साता अघि मन्त्रीपरिषद्को बैठकले फास्ट ट्रयाक नेपाल सरकारले नै बनाउने निर्णय गरेको थियो । सरकार परिवर्तन भएपिच्«याक नेपाल सरकारले नै बनाउने निर्णय गरेको थियो । सरकार परिवर्तन भएपिच्छे नै फास्ट ट्रयाक निर्माण कार्यमा ढिलासुस्ती हुँदै आएको छ । राजधानी र पूर्वी मधेस तराई जोडने दुत्र माग राजधानी काठमाडौंबाट ७६ किलोमिटर दुरीमा रहेको छ । बारावासीले निजगढमा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको काम पनि तत्काल अगाडि बढाउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्