रामेछापलाई उस्सु प्रतियोगितामा स्वर्ण पदक सबै खेलमा उत्कृष्ट प्रदर्शन



२२ मंसिर, रामेछाप ।
राजधानी काठमाडौंमा सञ्चालन भइरहेको मध्यमाञ्चल स्तरीय छनौट प्रतियोगितामा उस्सुमा रामेछापले स्वर्ण पदक जितेको छ । उस्सुको ४८ केजी समुहमा रामेछापका चन्द्र बहादुर सुनुवारले स्वर्ण पदका जितेका हुन् । सुनुवारले मकवानपुरका अरुण चौधरीलाई हराउदै स्वर्ण पदका विजेता बनेका छन् ।

khaladi-ramehhap
फाइल तस्बीर

त्यसैगरी रामेछापका प्रज्वल मगरले उस्सुमै कास्य पदक हात पारेका छन् । उनले ललीतपुरका विनोद पौडेललाई पराजित गरेका हुन् । उस्सुको ७० केजि समुहमा रामेछापको सुशील तामाङले धादिङका प्रदिप श्रेष्ठलाई हराएका छन् ।
त्यसैगरी धादिङमा जारी खेलमा ब्याटमिन्टन तर्फ रामेछापका राजकुमार श्रेष्ठले महोत्तरीलाई हराउदै दोस्रो चरण प्रवेश गरेका छ । भिमसेन लामा र नारायणदास श्रेष्ठको टोली भने काठमाडौँसंग पराजित भएको छ । प्रतियोगितामा पुरुष भलिवल तर्फ रामेछाप क्वाटर फाइनलमा पुगेको छ ।

दोलखालाई हराउँदै रामेछाप क्वाटरफाइनलमा प्रवेश गरेको हो । धादिङमा सञ्चालित प्रतियोगितामा बुधबार दोलखालाई हराउँदै रामेछाप क्वार्टर फाइनलमा पुगेको हो । रामेछापले क्वार्टर फाइनलमा काभ्रेपलाञ्चोकसंग प्रतिस्पर्धा गर्ने छ । यस अघि रामेछापले बारा र रौतहटलाई पराजित गरेको थियो । रामेछापका खेलाडीहरुले यस पटकको खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्