रामेछापमा पुननिर्माणको काम रोकियो,पुननिर्माण प्राधिकरणका प्राविधिक आन्दोलनमा



२२ मंसिर, रामेछाप ।
भुकम्प गएको डेढ बर्ष वितिसक्दा समेत पुननिर्माणको कार्यले गति लिन सकेको छैन् । सरकारले पुननिर्माणको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएपनि भुकम्प पीडितहरुले डेढ बर्ष कगाङग्रिदो जाडो बर्षा झेल्दै आएका छन् । भुकम्पबाट अतिप्रभावित ४१ जिल्ला मध्ये रामेछाप जिल्ला पनि एक हो ।

सरकारले भुकम्प पीडितलाई दिने राहत वितरणप्रति भुकम्प पीडित निकै आक्रोशित भएका छन् । सरकारी ढिलासुस्तीको कारण भुकम्प पीडितहरुको अवस्था दिनप्रतिनि कष्टकर बन्दै गएको छ । रामेछापको दुरागाउँमा बस्ती सार्नुपर्ने काम अगाडि बढ्न सकेको छैन् । अहिले पनि भुकम्प पीडित जोखिम मोलेरै जोखिमयुक्त स्थानमा बसिरहेका छन् । सरकारले उपलब्ध गराउने पहिलो किस्ता पचास हजार रुपैयाँ भुकम्प पीडितले प्राप्त गरेर जग निर्माण गर्ने बेला पुननिर्माण प्राधिकरण केन्द्रीय कार्यान्वयन इकाईबाट खटिएका प्राविधिकहरुले आन्दोलन थालेपछि रामेछापमा घर निर्माणको काम प्रभावित भएको छ ।
पुननिर्माणका खटिएको प्राविधिकहरुको माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै रामेछाप जिल्लामा कार्यरत पुननिर्माणका प्राविधिकहरुले काम ठप्प परेर सदरमुकाम मन्थलीमा केन्द्रीत भएका छन् । जसको कारण पहिलो किस्ता लिएर घर निर्माणको तयारीमा जुटेका भुकम्प पीडित थप मर्कामा परेका छन् ।

जिल्लाभर खटिएका झण्डै २ सय प्राविधिकहरु पुननिर्माणको कामकाज ठप्प पारेका छन् । गाविसस्तरमा बसेर काम गर्ने कर्मचारीलाई फिल्ड भत्ता, बिमा, सञ्चार, कार्यालयको व्यवस्थापन र यातायात लगायतको सुविधा माग गर्दै प्राविधिकहरु गएको असोजदेखि देशभरनै आन्दोलन गदै आएका छन् ।

तर अझैसम्म माग पूरा हुन सकेको छैन् । पुनिर्माणको लागि सरकारले देशभर गरेर १३ सय प्राविधिकलाई करारमा नियुक्त गरेको थियो । शहरी विकास डिजिभन कार्यालय रामेछापमा पुगेका प्राविधिकहरुले भूकम्प पुननिर्माणको समेत काम काज हेर्दै आएका आयोजना प्रमुखलाई माग संवोधनका लागि ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा माग पूरा नभएसम्म कामकाज रोक्ने र सामूहिक राजीनामा समेत दिने चेतावनी दिएका छन् ।

भूकम्पपीडित नागरिकको पहिलो र दोस्रो किस्ता रकम कार्यविधि अनुसार र तत्काल निकासा हुनु पर्ने, पीडित जनताको गुनासो सुनि तत्काल कार्यान्वयन गर्नुपर्ने, प्राविधिकहरुलाई आवश्यक पर्ने सम्पुर्ण सामाग्रहरुको ब्यवस्था गरिनुपर्ने लगाएतका माग प्राविधिकहरुले राखेका छन् । पुननिर्माण इन्जिनियर समिति गठन गरेर प्राविधिकहरुले आन्दोलित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्