एक करोड ६५ लाखमा सैलुङ्गमा भ्यु टावर बन्दै



२३ मंसिर,रामेछाप ।
रामेछाप र दोलखाको सीमानामा रहेको ठूलो सैलुङ्गमा भ्यु टावर निर्माणको कार्य सुरु भएको छ । आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उदेश्यले सरकारले भ्यू टावर निर्माण सुरु गरेको हो ।

shilung-view-tawor-jpg-1

१ करोड ६५ लाख रुपैयाँमा निर्माण सुरु भएको भ्यु टाव यही आर्थिक बर्षमा सम्पन्न हुनेछ । १३ मिटर उचाई ६ मिटर चौडाई रहेने भ्यु टावर निर्माणको जिम्मेवारी खानी निर्माण सेवाले पाएको छ । रामेछाप न्यूज । असोजमा पर्यटन मन्त्रालय र खानी निर्माण कम्पनीबीच सम्झौता भएर निर्माण कार्य सुरु भएको छ ।

सय वटा डाँडाहरु रहेको सैलुङ्गलाई नयाँ पर्यटन गन्तव्यको रुपमा विकास गर्न सरकारले भ्यु टावर निर्माण गर्न लागेको हो । रामेछाप न्युज । खोलाखर्कबाट भ्यु टावरमा पुग्न करिब एक किलोमिटरको पैदल यात्रा गर्नुपर्छ ।

सैलेङ्गमा चौरी भेडा पर्यटन आर्कषण क्षेत्रको रुपमा रहेको छ । प्राकृतिक रुपमा सैलुङ्गबाट देखिने दृष्यहरुले पर्यटकहरुलाई थप आकृर्षित गर्न सरकारले भ्यु टावर निर्माण गर्न लागेको हो । समुन्द्री सतहबाट सैलुङ्ग झण्डै ३२ मिटरको उचाईमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्