काभ्रेलाई हराउदै रामेछाप सेमिफाइनलमा



२३ मंसिर, काठमाडौं ।
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मध्यमाञ्चलस्तरीय छनौट प्रतियोगितामा पुरुष भलिबल तर्फ रामेछाप सेमिफाइनलमा प्रवेश गरेको छ । रामेछापले काभ्रेपलान्चोकलाई २२–२५, २५–२१ र २५–२२ को स्कोरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो ।

football-jpg-1

धादिङमा जारी मध्यमाञ्चल पुरुष भलिबल छनौट प्रतियोगिता अन्तर्गत भएको पुरुष भलिबलमा रामेछापले दोलखा र रौतहट यस अघि नै पराजित गरीसकेको छ । त्यसैगरी महिला ब्याडमिन्टन छनौट खेलमा पनि रामेछापकी खेलाडी बबिता खत्रीले नुवाकोटकी खेलाडीलाई २१–९ र २१–११ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेकी छिन् । छनौट प्रतियोगितामा रामेछापले पहिलो स्वर्ण पदक हात पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्