प्रचण्डसँगै कुलमान घिसिङ चमेलिया आयोजनाको अनुगमनमा



२३ मंसिर, दार्चुला ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलास्थित चमेलिया जलविद्युत आयोजनाको स्थलगत अनुगमन गरेका छन् । उनले सुरुङभित्रै छिरेर आयोजनाको अनुगमन गरेका हुन् । चिलिमेको सुरुङ साढे चार हजार भन्दा बढी लामो छ । बीचमा सुरुङ भासिएकाले काम रोकिएको छ । तर, त्यसको मर्मत गरी १० महिनाभित्रै विद्युत उत्पादन सुरु गर्ने तयारी अनुसार कामलाई तिव्रता दिइएको छ ।
प्रधानमन्त्री प्रचण्डसहितको टोलीमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि ससहभागी छन् । सुरुङमार्गको अवलोकन गरेपछि प्रधानमन्त्री प्रचण्डले सकेसम्म छिटो काम सम्पन्न गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आयोजनाको कूल स्वीकृत लागत १५ अर्ब ६ करोड रुपैयाँ छ । यो आयोजना २०१७ डिसेम्बर ३० तारिखमा सम्पन्न गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्