रामेछापमा टाटासुमो दुर्घटना, धन्न बाचे ११ यात्रु



२४ मंसिर, रामेछाप
रामेछापबाट काठमाडौं तर्फ जादै गरेको टाटासुमो तीब्र गतिको कारण अनियन्त्रित मन्थली नगरपालिकास्थिति सेलेघाटमा दुर्घटना भएको छ । काठमाडौ तर्फ जाँदै गरेको ना १ ज ५७५० नम्बर सिटि भिलेज यातायात समितिको टाटा सुमो मन्थलीको सेलेघाटमा दुर्घटना भएको हो ।

tatasumo-1-jpg-1
फाइल तस्बीर

टाटासुमोमा सवार यात्रुका अनुसार तिब्र गतिको कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । सवारी दुर्घटनामा घाइते भएका यात्रुहरुमध्ये रामेछाप डाँडाका ४९ बर्षिय शर्मीला श्रेष्ठ र ५५ बर्षिय ऐति तामाङलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । बाँकी घाईतेहरुको खुर्कोट अस्पतालमा उपचार भएको थियो । घाइते हुनेहरुमा हुलाक डाँडाका फुलमाया शाही, सुस्मिता शाही, काभ्रे चण्डेश्वरीकी अर्चना नेपाल,रामेछापडाँडाका अनिता हायु, रामेछाप डाँडाकै मामव तामाङ, मन्थली नगरपालिका–११ की सुमित्रा शाही, मन्थली नगरपालिककै सन्देश शाही, रामेछाप–७ की अस्मिता श्रेष्ठ, रामेछाप देउरालीका उमेश बुढाथोकी रहेका छन् ।

बुढाथोकीको भने अवस्था समान्य रहेको छ । टाटासुमोका चालक बिजय तामाङ र टाटासुमोका साहुजी बुढाथोकीले आफै टाटासुमो चलाउने भने पछि चालक तामाङ भने सेलेघाट चौकी माथि नै झरेका थिए । साँघुरो घुम्ती सडकमा अत्याधिक गति हुँदा टाटासुमो ठूलो दर्घटना हुनबाट जोगिएको प्रहरीले बताएको छ । काठमाडौ लगिएका घाइतेहरुको अवस्थामा सुधारउन्मुख रहेको छ । घाइते भएका यात्रुहरु कोही सामान्य उपचार गेरर घर फर्किएका छन भने केही यात्रु खुर्कोटस्थित अस्पतालमा रहेको प्रहरीले बताएको छ । प्रहरीले अब टाटासुमोलाई कडा निगरानी गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्