कुलमान घिसिङको कमाल विद्युत चोरीबाट ४५ करोड असुल



२६ मंसिर, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जिम्मेवारी सम्हालेपछि चोरी चुहावट नियन्त्रण गरी ४५ करोड ५६ लाख ४० हजार रुपैयाँ असुल गरेको छ । चालू बर्षभित्र ३.५ प्रतिशत चोरी चुहावट घटाउने उद्देश्यसहित प्राधिकरणले देशभर सञ्चालन गरेको विशेष प्रभावकारी हुन नसकेको अवस्थमा घिसिङ आएपछि अभियानले गति लिएको हो ।

kulman-ghising-nepal-electricity-authorityगत बर्ष १० अर्ब ६२ करोड १३ लाख रुपैयाँ बराबरको १ अर्ब २८ करोड ९० लाख युनिट विद्युत् चुहावट भएको थियो । प्राधिकरणको प्रणालीमा कुल २ सय मेगावाट चुहावट हुने गरेको तथ्यांक छ । चुहावट घटाउन सके विद्युत् माग घट्ने र यसले लोडसेडिङ न्यूनीकरणमा समेत सहयोग गर्न सकिने प्राधिकरणले बताएको छ ।

प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका अनुसार अभियानपछि सबैभन्दा बढी ४२ करोड ४८ लाख ५७ हजार रुपैयाँ चुहावटबाट, माग चुहावटबाट ७ लाख १५ हजार, प्रत्यक्ष हुकिङबाट १ करोड ९२ लाख ७२ हजार, मिटर चुहाटबाट ६२ लाख ९५ हजार रुपैयाँ असुली भएको छ । प्राधिकरणले हालसम्म १८ हजार ८ सय ३३ स्थानबाट हुकिङ हटाएको छ । यस्तै, विद्युत् चोरी गर्ने १४ हजार २ सय ७३ लाई पक्राउ गरी कारबाही गरेको प्राधिकरणले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्