भिरपानी र पकरवासका बासिन्दालाई यसै बर्ष खानेपानी



२८ मंसिर, काठमाडौं ।
खानेपानीको चरम समस्या व्यहोर्दै आएका रामेछाप जिल्लाका पकरवास र भिरपानीका बासिन्दाले यस बर्षदेखि सहज रुपमा खानेपानी सुविधा प्राप्त गर्ने भएका छन् । खानेपानीको लागि रातभर जाग्रम बस्नु पर्ने र सुनकोसी र भटौली खोलाबाट टयाङकरमा पानी बोक्नु पर्ने बाँध्यता हटाउनको लागि सरकारले लिफ्ट मार्फत खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुर्याएको छ ।

khanepaniरामेछापको पकरवास र भिरपानी गाविसका बासिन्दालाई सहज रुपमा खानेपानी उपलब्ध गराउन नदी र खोलाको पानी ‘अपलिफ्ट’ गरेर पानी संकट टार्ने वृहत योजना अनुसार आयोजनाको काम अघि बढिरहेको छ । सुख्खाग्रस्त वस्तीमा सकेसम्म यसै बर्ष खानेपानी पु्रयाउने गरी काम अगाडि बढाइएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापका प्रमुख लोकबहादुर चौलागाइले बताए ।

विद्युतको सहायतामा खोलाको पानी वस्तीमा लिफ्ट गर्न लागिएको हो । दुई खानेपानी आयोजनमा करिव साढे ४ किमी टाढाको तामाकोशी र सुनकोसी नदीबाट वस्तीमा पानी पु¥याउने काम भइरहेको उनले बताए । प्रमुख चौलागाईले रामेछाप न्युजसँग भने,‘भिरपानी गाविसमा टिफ्ट गर्ने काम सम्पन्न भएको छ, आवश्यक पर्ने रिर्जभ टंंयाक निर्माण र वितरणको लागि काम भइरहेको छ ।’ दुई गाविसमा साना–ठूला ४५ वटा ‘रिजर्भवायर’ बन्ने छन् । जल तथा मौसम विज्ञान विभागले रामेछाप सदरमुकाम मन्थली सहित वरीपरिको भू–भागलाई औसत वर्षासमेत नहुने क्षेत्रका रुपमा सुचिकृत गरेको छ ।
रामेछापमा सदरमुकाम मन्थली सहित पकरबास, भीरपानी, मझुवा, माकादुम लगायतका गाविसमा हरेक वर्ष पानी संकट बढ्दै गएको छ । ती क्षेत्रमा पानीका लागि रातभर जाग्राम बस्नुपर्ने र डेढ २ घन्टाको पैदलदुरी पार गरेर खोला र खोल्साबाट पानी ओर्सानुपर्ने बाध्यताँ रहेको छ । चौलागाईका अनुसार सुख्ख क्षेत्र खानेपानी आयोजना अनुसार पकरवास र भिरपानी गाविसमा काम भइरहेका बताए ।

४० करोड रुपैयाँमा बन्न लागेको आयोजना मार्फत पकरवास र भिरपानी गाविसका ९ सय १९ घरधुरलाई पानी वितरण गर्ने लक्ष्य रहेको चौलागाईले रामेछाप न्यूजलाई बताए । उनका अनुसार पकरवासका लागि तामाकोसीबाट ४ वटा लिफ्ट छ भने भीरपानीको लागि सुनकोसी नदीबाट पाँच वटा लिफ्ट रहेको छ । यस बर्ष पानी पम्पको काम सम्पन्न गर्ने र आगामी बर्ष सबैको घर घरमा पानी पुर्याउने लक्ष्य रहेको उनले बताए । सरकारले सन् २०१७ भित्र सबैलाई खानेपानी उपलब्ध गराउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्