अब लोडसेडिङमुक्त देश बनाउछौःकुलमान घिसिङ



२९ मंसिर, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब उपत्यकामा मात्र होइन देशभर नै लोडसेडिङ मुक्त हुने बताएका छन् । उनले लोडसेडिङ न्युनिकरण होइन अन्त्य गर्नको लागि काम भइरहेको बताएका हुन् ।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेले फागुनदेखि बैशाखसम्म काठमाडौंमा लोडसेडिङ नभए कुनै पनि सार्वजनिक पद धारण नगर्ने चुनौती दिए लगत्तै घिसिङले कुनै पनि हालतमा उपत्यकामा अब लोडसेडिङ नहुने बताएका हुन् ।

लोडसेडिङ न्यूनिकरणको कार्ययोजनालाई लोडसेडिङ अन्त्यको कार्ययोजनामा बदल्ने घिसिङले बताए । मोरङ व्यापार संघले आयोजना गरेको अन्तरक्रियामा उनले ोडसेडिङ न्यूनिकरण अभियानमा प्राधिकरणले सफलता हात पारेको भन्दै अब मुलुकबाट लोडसेडिङ पूर्ण रुपमा अन्त्य गर्ने उत्साह मिलेको बताए । घिसिङले यो अभियानमा सहयोग गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्