प्राधिकरणको एमडी बनाइ दिन उर्जामन्त्रीलाई १० करोडको अफर !



२९ मंसिर, काठमाडौं ।

उर्जामन्त्री शर्माले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइदिन ५ जना व्यक्ति १० करोडको अफर लिएर आफुकहाँ आएको खुलासा गरेका छन् । तर आफुले व्यक्तिगत स्वार्थलाई भन्दा जनताको सेवा गर्ने कार्यलाई एक सुत्रीय नारा बनाएर अघि बढेको बताए । ‘

janrdan-sharma

मैले त्यस्तो अफर स्वीकार गरेको भए तपाइहरु म पनि उद्योगपति म पनि हुनसक्थेँ हुँला तर मैले त्यो बाटो रोजिन, परिणामस्वरुप आज जनताको घर आँगन झिलिमिली भएको छ’,मन्त्री शर्माले भने । डण्डा लगाएर मात्र चुहावट रोक्न सकिँदैन, यसमा उपभोक्ताहरुको सक्रिय सहभागिता हुने खालको संरचना बनाइ परिचालन गर्नुपर्छ, उनले भने ।

बिद्युत चोरी र चुहावट गर्ने कार्यलाई कानुनले नै सार्वजनिक अपराध घोषित गरेको अवस्थामा यस्तो अपराध नियन्त्रण गर्न नयाँ कार्ययोजना अघि सार्ने बताउदै उनले सोलार पाता विना घरमा इन्भर्टर चलाउन नपाईने निर्णय सरकारले गरेको बताए ।
र्जामन्त्री शर्माले अब जनतालाई लोडसेडिङको तालिका बाँड्ने हिम्मत कसैसँग पनि नभएको दावी गर्दै भने,‘अब लोडसेडिडङको तालिका बाँड्न को मन्त्री आउने रहेछ हेरौंला नि !अब ढुक्क हुनोस् लोडसेडिङ गराएर कमिशन असुल्ने आँट कसैले गर्न सक्नेछैन ।’

प्रतिक्रिया दिनुहोस्
lGoqQpCp, vbwbN1U, NrgnSki6BlA5uLq, WkhIeY, LgUTNE6Ac, yJSYjIF7f6dRux3, hh29gPvP, BVEzEOueDImthdw6, 0arrNViDStUIF