रामेछापको खाडाँदेवीमा ट्रिपर दुर्घटना, ४ जनाको मृत्यु



२९ मंसिर, रामेछाप ।
रामेछापको खाँडादेवी गाविसमा ट्रिपर दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । लिसेपाटी र चोप्राङको बीच डाँडामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि सदरमुकाम मन्थली ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । बा २ ख ६८८८ नम्बरको ट्रिपर खाँडादेवी गाविसको चोप्राङमा मंगलबार साँझ पकरवास–गाल्पा सडकमा ग्राबेलिङको काम गरेर पात्लेमा रहेको क्याम्पमा जाने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् ।

tifar-1
फाइल तस्बीर

दुर्घटनामा ज्यान गुमाउनेहरुमा सिन्धुपाल्चोक घर भएका वर्ष ३० का ट्रिपर चालक कुमार बिक, सिन्धुली भिमान घर भएका २३ वर्षका रुपेश भण्डारी, सर्लाही घर भएका २२ वर्षका बिकास पौडेल र ललितपुर चापागाउँ घर भएका वर्ष ३५ किरण डाँगी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोसीले बताए । उनका अनुसार मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मन्थली ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्