रामेछापका १४ गाविस अझै बत्ति मुनिको अध्याँरोमा



२९ मंसिर, मन्थली
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको गृह जिल्ला रामेछापका १४ गाविस अझै विद्युत पुग्न सकेको छैन् । जिल्लाको क्षेत्र नम्बर १ का गुम्देल, कुभुकास्थली, प्रिती, गुप्तेश्वर, धोवी, दुरागाउँ सैपू, गोठगाउँ नागदह विजुलीबाट बञ्जित छन भने क्षेत्र नम्बर २ का माकादुम मझुवा, दिपीपोखरी, हिलेदेवी, राकाथुममा अझै विजुली बल्न सकेको छैन् ।

bijuli-2-2

रामेछाप न्यूज । विद्युत प्राधिकरण रामेछाप र स्थानीयको सक्रियतामा हिलेदेवी र प्रिती गाविसका बासिन्दाले यस बर्ष बत्ति बाल्न पाउने भएका छन् । पिङखुरी र गागलभदौरे गाविसमा एडिबीको लगानीमा विद्युतीकरणको काम भइरहेको विद्युत प्राधिकरण रामेछापका सुपरभाइजर प्रदिप अधिकारीले रामेछाप न्युजलाई बताए । १४ गाविसका लागि योजना बनाए पनि बजेटको अभावमा काम अगाडि बढाउन नसकेको अधिकारीले बताए ।

१४ मध्ये २ वटा गाविसमा बत्ति बल्ने भएपनि ११ गाविसको लागि वल्ड बैंकले लगानी गर्ने गरी काम अगाडि बढाएको छ । विद्युतीकरणको लागि वल्ड वैकले लगानी गरेको अवस्थामा अबको दुई बर्षभित्रमा सबै गाविसमा विद्युतीकरण हुने अधिकारीले बताउ । उनले रामेछाप न्युजसँग भने,‘१४ गाविस सहित आशिकं गरी ३६ गाविसमा अझै विद्युत पुर्याउन बाँकी छ ।’

अधिकारीका अनुसार सरकारले लगानी गरेर विद्युतीकरण गर्नको लागि हाउस वायरिङ बाहेक कम्तिमा १० करोड रुपैयाँ खर्च हुनेछ । विद्युत प्राधिकरण रामेछापले वल्ड बैंकले प्रोजेक्ट अगाडि बढाए अबको तीन बर्षभित्र सबै गाविसमा बत्ति बल्छ । विद्युत प्राधिकरणको हाल बार्षिक बजेट १ करोड ३५ लाख रुपैयाँ रहेको छ । अहिलेकै बजेट अनुसार रामेछाप जिल्लामा विद्युतीकरण गर्न बाँकी गाविसम बत्ति बाल्नको लागि वीस बर्ष भन्दा बढी लाग्नेछ । विद्युत प्राधिकरण रामेछापमा ६० दरबन्दी मध्ये हाल २८ जना कर्मचारी छन् ।
खिम्ती जलविद्युत आयोजनामा दबाब पुगेन
खिम्ती जलविद्युत आयोजनाले रामेछापका क्षेत्र नम्बर १ का ७ गाविसमा विद्युती गरिदिएको छ ।

khimti-1आयोजना प्रभावित क्षेत्र अन्तर्गत रामेछाप र दोलखाका ११ गाविस छन् । रामेछापको फुलासी, गेलुका १ ३ र ५, खिम्ती, थर्पु नामाडी, बेलाली, रस्नालु यस अघि नै विद्युतीकरण भइसकेको छ । बाँकी क्षेत्र नम्बर १ का गाविसमा विद्युतीकरण हुन सकेको छैन् । आयोजना निर्माणकै क्रममा स्थानीयबासीले दबाब दिएको भए अहिले रामेछाप जिल्ला बत्ति मुनिको अध्याँरो खेप्नु पर्ने अवस्थमा हुन नसकेको स्थानीयले गुनासो गरेका छन् । 
३३ केभी प्रसारण लाइन खिम्तीबाट प्रदान गर्न माग

रामेछापवासीले सिन्धुपाल्चोकको लामोसाँघुबाट प्रदान हुने ३३ केभी विद्युत प्रसारण लाइन रामेछाप सदुरमुकाम मन्थलीबाट १७ किलोमिटर रहेको खिम्तीबाट प्रदान गर्न माग गरेका छन् । हाले ८७ किलोमिटर टाढा लामोसाँघुबाट रामेछापमा विद्युत आयत हुँदै आएको छ । लामोसाँघुबाट जिल्ला सदरमुकाम मन्थलीमा एउटा मात्र सवस्टेस रहेको छ । नियम अनुसार २० किलोमिटरको अन्र्तरमा सवस्टेसन राख्नु पर्ने प्रावधान भएपनि रामेछापमा भने लामो दुरीमा स्वस्टेसन राख्दा लामो समय बत्ति जाने समस्या रामेछापवासीले खेप्नै आएका छन् । नेपाल विद्युत प्राधिकरणले खिम्ती आयोजना मार्फत नै जिल्लामा ३३ केभी लाइन वितरण गर्नुपर्नेमा रामेछापवासीले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्