रामेछापको हिलेदेवीमा बिजुली बत्ति बेलेपछि खुसीयाली



२९ मंसिर, काठमाडौं ।
हिलेदेवीका स्थानीयबासीको सक्रियतामा गाउँमा विजुली बत्ति बलेको छ । सरकारले गाउँमा विद्युतीकरण गर्न बजेटको अभाव देखाएपछि स्थानीयले नै आर्थिक संकलन गरेर गाउँमा बिजुली बालेका हुन् ।आठ महिना अघिबाट बिजुली बाल्न जुटेका हिलेदेवीवासीले बुधवार गाविसको सादिडाँडामा बिजुली बालेर खुसीयाली मनाएका छन् । विद्युत लाइन विस्तार समिति हिलेदेवी उपभोक्ता समितिका अध्यक्ष भोजबहादुर थिङले अहिले केहकी वडामा मात्र बत्ती बल्ने भएपनि केही महिनाभित्र सबै वडामा बिजुली पुर्याउने लक्ष्य रहेको बताए ।

sadidada-jpg-222

हिलेदेवी गाविसका हाल ८ सय ७० घरघुरी रहेको छ । केन्द्रीय प्रसारण लाईन विस्तारको काम सम्पन्न गरेर स्थानीयकै सक्रियतामा सादिडाँडा र भलायखर्कमा दुई वटा टान्सफर्म जडान गर्ने काम सम्पन्न भएको छ । गाविसको १ नम्बर वडामा स्थानीयहरुले लद्यु जलविद्युत मार्फत नै बिजुली बाल्दै आएका छन् ।

स्थानीय कुलबहादुर थिङलेले गाविसको सबै वडामा हाउस वायरिङ सहित झण्डै दुई करोड रुपैयाँ खर्च हुने बताए । त्यसैगरी बुधवार नै सम्पन्न गाविस परिषद्को बैठकले गाविसको ३० लाख रुपैयाँ विद्युतिकरणको लागि खर्च गर्ने निर्णय गरेको थिङले बताए ।
उनका अनुसार गाविसमा मेल लाईन शाखा लाइन विस्तार गर्ने काम सम्पन्न भएको छ । गाउँमा बत्ति बाल्नको लागि विद्युत प्राधिकरण रामेछापले २४ किलो वटाको टान्सफर्म उपलब्ध गराएको छ ।

sadidada-111-jpg-2222

एक सय किलो वाटको टान्सफर्म उपभोक्ता समितिले खरिद गरेको छ ।

त्यसैगरी ५० किलो वाटको टान्सफर्म भने नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङकाले उपलब्ध गराएका छन् ।

गाउँमा विद्युतीकरणको लागि उपभोक्ता समितिका अध्यक्ष भोजबहादुर थिङले नै लगानी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्