कक्षा ११ को परीक्षाफल सार्बजनिक



३० मंसिर, काठमाडौं ।

कक्षा एघारको परीक्षामा ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझ परीक्षाफल सार्बजनिक गरेको छ । र, नतिजा अनुसार १ लाख ३७ हजार ६ सय ५ जना उत्तीर्ण भएका छन् ।

परीक्षामा २ लाख ६६ हजार १०३ परीक्षार्थी सहभागी भएका थिए ।यसअघि मंसिर २१ गते बोर्डले कक्षा एघारको आंशिक तर्फको नतिजा सार्बजनिक गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्