प्रधानमन्त्री प्रचण्ड जब केबुलकार चढेर चन्द्रागिरी पुगेपछि…..



३० मंसिर, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको लगानीमा चन्द्रागिरीमा सञ्चालनमा आएको केबुलकार विकासको नमूना भएको बताएका छन् । उनले सरकार र नीजि क्षेत्रको सहकार्यमा मात्रै आर्थिक विकासले गति लिनसक्ने बताएका हुन् ।

chandragire-1-jpg-11
बिहीबार दिउँसो चन्द्रागिरी हिल लिमिटेडले आयोजना गरेको केबुलकारको उदघाटन गर्दै प्रधानमन्त्रीले सरकार र नीजि क्षेत्रको सहकार्यमा देशले ठूलठूला आर्थिक उपलब्धि हासिल गर्नसक्ने बताए ।‘सरकार र नीजि क्षेत्रको राम्रो तालमेल र सहकार्य भयो भने ठूलठूला आर्थिक उपलब्धि र समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुराको सन्देश केबुलकार निर्माणले दिएको उनले बताए ।

इच्छाशक्ति र उत्प्रेरणा भयो भने धेरै कुरा गर्न सकिनेमा जोड दिँदै प्रचण्डले भने,‘यति छिटै तपाईहरुले व्यवस्थित संरचना बनाउनु भएको होला भन्ने मलाई लागेको थिएन, इच्छाशक्ति भयो भने धेरै कुरा गर्न सकिँदो रहेछ भन्ने कुरा तपाईहरुले प्रमाणित गरेर देखाउनु भएको छ ।’ प्रचण्डले आफूले राष्ट्रिय गौरवका आयोजनाहरुको निरन्तर निरीक्षण र अनुगमन गरिरहेको जानकारी बताउदै आफ्नो सधै ध्यान राष्ट्रिय गौरवका आयोजनाहरु छिटो सम्पन्न गर्नेमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्