प्रजातान्त्रिक योद्धाकी पत्नी पदमकुमारी कार्की सम्मानित



२ पुस, रामेछाप ।
नेपाली कांग्रेसको नेतृत्वमा आन्दोलन गर्न होमिएका पति भक्तबहादुर कार्कीको देहवसान भएपछि रामेछापको तिल्पुङ्गमा एक्लै जीवन बिताइरहेकी पदमकुमारी कार्की सम्मानित भएकी छिन् । प्रजातान्त्रिक योद्धाकी पत्नी तथा अगुवा महिला सहाराविहीन बनेको खबर सुनेपछि नेविसंघ केन्द्रीय समितिबाट उनलाई सम्मान गरेको हो । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले कार्कीलाई सम्मान गर्दै कार्कीको जीवनयापनमा सहयोगका लागि ५० हजार ५ सय ५० रुपैयाँ हस्तान्तरण गरेका छन् ।
कांग्रेसले आव्हान गरेको आन्दोलनमा स्व. सुवर्णशमशेर राणाको सहयोगीका रुपमा खटेका भक्तबहादुर केही वर्ष जेल पनि परे । पति जेल पर्दा र आन्दोलनमा रहँदा कार्कीले कांग्रेस नेताहरुलाई डोकोमा भात बोकेर खुवाइकी थिइन । कांग्रेसको आन्दोलनमा लाग्दा भएको जग्गा जमिन बेच्दै पार्टीको काममा खर्च गरेको पदमकुमारीले बताइन । स्वर्गीय भक्तबहादुर कार्कीको परिवारलाई सम्मान गर्न पाउँदा गौरव लागेको काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्