सुनकोसी नदीमा जीप खस्दा ७ को मृत्यु



३ पुस, सिन्धुली।

सिन्धुलीको रत्नावती गाविस– ३ घाटपाखाबाट सुनकोसी नदीमा स्कार्पियो जीप खस्दा सात जनाको मृत्यु भएको छ ।  Jeep-Accidentदुर्घटनामा परी जिल्ला सिन्धुपाल्चोक फुल्पिङकट्टी–६ बस्ने ५० वर्षीय साङदोर्जे शेर्पा, फुल्पिङकट्टी–७ बस्ने ५७ वर्षीय बाले शेर्पा, ५० वर्षीया निवुती शेर्पा र सर्किनी शेर्पा, लमजुङ सानीभञ्ज्याङका जीप चालक झपटबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै, काठमाडौँ महानगरपालिका स्वयम्भू गोल्ढुङ्गा बस्ने ६० वर्षीया टुकुली शेर्पाको उपचारका क्रममा घुर्मीमा मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु भएका अन्दाजी ४० वर्षीय एक पुरुषको भने सनाखत हुन सकेको छैन ।

दुर्घटनामा परी घाइते भएका जिल्ला सिन्धुपाल्चोक फुल्पिङकट्टी–६ बस्ने ५० वर्षीय दाल्मु शेर्पालाई घुर्मीको जनसेवा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोक फुल्पिङकट्टी–६ बस्ने ४५ वर्षीय दानुर्बु शेर्पा भने बेपत्ता छन् । प्रहरीका अनुसार स्कार्पियोमा चालकसहित नौजना सवार रहेका थिए । रत्नावती– ३ सोकु खोला मध्यपहाडी लोकमार्गस्थित काठमाडौंबाट हलेसीतर्फ जाँदै गरेको बा १२ च ८८९७ नम्बरको स्कार्पियो गाडी अचानक सडकबाट २०० फिट तल सुनकोसी नदीमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्