समन्वय नगरी काम गर्ने संस्थालाई असहयोग गर्ने मन्थली नगरपालिकाको निर्णय



४ पुस, रामेछाप ।
मन्थली नगरपालिकामा सञ्चालिन गैरसरकारी संस्थाले मनोमानी रुपमा  काम गर्न थालेपछि मन्थली नगरपालिकाले समन्वयन नगरी काम गर्ने संस्थालाई असहयोग गर्ने निर्णय गरेको छ ।मन्थली नगरपालिकाले  नगरपालिका क्षेत्रभित्र कार्यक्रम गर्ने संघ संस्थालाई आवश्यक समन्वय गरेर मात्र काम गर्न चेतावनी दिएको छ ।

सोमवार मन्थलीमा बसेको संघ सस्थाहरुसँगको समन्वयात्मक बैठकले नगरपलिकासँग समन्वय नगरी नगर क्षेत्र भित्र कार्यक्रम सञ्चालन भएमा योजनाहरु कार्यान्वयनमा नगरपलिकाको सहयोग गर्ने निर्णय गरेको छ ।
बैठकले निर्माणाधिन ओडारे—बडिमुहान लिफ्ट खानेपानी योजना सामुदायिक विकास समाज, नगरपालिका र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको संयुक्त लगानिमा चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
आवश्यक पहल गर्ने पनि बैठकले निर्णय गरेको छ । त्यस्तैगरी नगरपालिका क्षेत्र भित्र चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा संञ्चालन हुने योजनाहरु आगामी पुष १० गते भित्र सबै संघ संस्थाहरुले नगरपालिकाको कार्यालयमा उपलब्ध गराउनु पर्ने नगरपालिकाले आग्रह गरेको छ । बैठकमा गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, नगरस्तरीय राजनैतिक दलका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो । मन्थली नगरपालिका विभिन्न संघ संस्थाहरुले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्