रामेछाप क्षेत्र नम्बर २ मा ३ करोडका यस्ता छन विकासका योजना



४ पुस, रामेछाप।
सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत रामेछाप जिल्लाको २ नम्बर निर्वाचन क्षेत्रको लागि आएको तीन करोड रुपैयाँ सडक निर्माण र विद्यालय भवनमा बजेट विनियोजन गरिएको छ । आर्थिक बर्ष २०७३÷०७४ मा क्षेत्र नम्वर २ बाट प्रत्येक्ष निर्वाचित सांसद श्याम कुमार श्रेष्ठ ‘कुशल’को नाममा आएको ३ करोड बजेटबाट सधै भन्दा धेरै बेथानस्थति डहु माविको भवन निर्माणका लागी ४० लाख रुपैयाँ छुटयाएको छ ।

सांसद, श्याम कुमार श्रेष्ठ ‘कुशल’

बुद्धिष्ट सामुदायिक हल भवन थप निर्माण तथा कम्पाउन वालका लागि २० लाख रुपैयाँ, फुलासी ९ बौद्ध कोले भाङलाङ मिल्ती सडक स्तरोन्नती तथा ट्रयाक ओपनका लागि १५ लाख रुपैयाँ, पिङखुरी राम्चे पुरानागाउँ सडक ट्रयाक ओपनका लागि १५ लाख रुपैयाँ, दिमिपोखरी अ‍ैरे मानपुर सडक , सिमपानी जाने सडक ट्रयाक ओपन तथा स्तरोन्नतीका लागगि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसैग्री हिलेदेवी–२ मा रहेको श्यार गुम्बा निर्माणका लागी १० लाख रुपैयाँ, लखनपुर–५ को राउतेखोला घोर चेपजागु सडकका लागि १० लाख रुपैयाँ, बेथान ४ को डहुबेसी देउराली सडक निर्माणका लागि १० लाख रुपैयाँ, पकरबास–७ को जनकल्याण प्रावि फुर्केसल्ला भटौली खोला सडकका लागि १० लाख रुपैयाँ, खाडादेवीको थानसिङ सडक स्तरोन्नती १० लाख रुपैयाँ, गेलु–९ को पिपलगैरा भिमशेनथान आहालडाडाँ पाण्डेटोल फेदी सडकका लागि १० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।
गुम्बाडाँडा नागी भुत्ते सडक डडुवाका लागि १० लाख रुपैयाँ ,कृषि सहकारी संस्था लिमिटेडको भवन संकलन केन्द्र बेथानको लागि १० लाख रुपैयाँ, सतलिङगेश्वर मावि गुन्सीका लागि १० लाख रुपैयाँ छुटयाइएको छ । सिमपानी धारापनी बोजीनी सडक गुन्सीको लागि १० लाख ,हिलेदेवी ६,८,९ खानीखोला लघुजलविद्युत आयोजनाका लागि १० लाख ,भोटनागी श्री गोगने निमावि मेगर्पा सडक ,भोटनागी गोगने सडक पिङखुरी १० लाख ,फुलासी ७ को झगडेडाँडा करजङग सडक ११ लाख ,माकाद्ुम ८ को बुद्ध भवानी तोरीररि सडक १० लाख ,पुरानागाउँ हाटलाग्ने डाँडा अदुवाबारी जन किरण मावि सडक १० लाख ,राकाथुम धारापानी ,खनियापानी ३ भिरकोट लोप्रा गाल्पा सडक ट्रयाक ओपन तथा आँहालडाँडा स्तरोन्नती समेत गरि १२ लाख, पासेवन भालुखोप आहालडाँडा गौश्वरा सडक स्तरउन्नतीका लागि १० लाख सहित ३ करोड बजेट बिनियोजन गरिएको जिल्ला विकास समितिको कार्यालय रामेछापले बताएको छ । सांसदको नाममा आएको बजेट जिल्ला विकास समिति मार्फत खर्च हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्