राप्रपाको सहायक–महामन्त्रीमा लालध्वज लामा



४ पुस, काठमाडौं ।
राप्रपा र राप्रपा नेपालबीच एकीकरणपछि बनेको राप्रपाको सहायक–महामन्त्रीमा लालध्वज लामा चयन भएका छन् । पार्टीको बैठकले लामालाई सह–महामन्त्रीमा चयन गरेको हो । पार्टी एकीकरण हुनु अघि नै राप्रपाबाट विद्रोह गरेर लामा राप्रपा नेपालमा प्रवेश गरेका थिए ।

दुई पार्टीबीच एकता गर्ने औपचारिक विज्ञप्ती जारी गरेपनि राप्रपाले सरकारमा दुई मन्त्री पठाउने निर्णयसँग एकता प्रक्रिया रोकिएको थियो । लामा लगायतका नेताहरुले पनि राप्रपा नेपालमा प्रवेश गरेका थिए । लामो समयदेखि राप्रपामा केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गर्दै आएका लामालाई राप्रपाले सहायक–महामन्त्रीमा चयन गरेको छ ।

लामाले पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने बताए । उनले भने,‘पार्टीले दिएको जिम्मेवारी इमान्दारपूर्वक बहन गर्नेछु ।’ रामेछाप जिल्ला बेथान गाविसमा जन्मिएका लामा जनमोर्चा एमाले हुँदै राप्रपामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्