रामपुरको कोलञ्जोरघाट पुल सारे रामेछाप कांग्रेसले आन्दोलन थाल्ने



५ पुस, रामेछाप ।
नेपाली कांग्रेस रामेछापले रामपुर गाविस वडा नम्बर १ कोलञ्जोरघाटमा बन्ने पुल सारिए कडा रुपमा आन्दोलन गर्ने निर्णय गरेको छ । तोकिएकै स्थानमा पुल निर्माण हुनु पर्ने भन्दै कांग्रेस जिल्ला कार्य समिति रामेछापले यस्तो निर्णय गरेको हो ।
रामेछापकपो रामपुर–१ कोलञ्जोरघाट र सिन्धुलीको पोखरी– ७ घाटपाखोबीच पक्की पुल बनाउनका लागी २ बर्ष अघिनै सर्भे, डिजाईन र माटो परिक्षण समेत सम्पन्न भइसकेको छ । अहिले पुल सार्ने षडयन्त्र भइरहेको भन्दै रामेछाप कांग्रेसले पुल सारिए जस्तोसुकै कदम चाल्ने चेतावनी दिएको हो ।

बैठकले तोकिएकै स्थानमा छिटो भन्दा छिटो पुल बनाउनका लगि नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरेको छ । यसो नभए नेपाली कांग्रेस रामेछापले मन्त्रालयमै धर्ना दिने नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव लेखबहादुर कार्कीले बताए । उनले सो पुल ओखलढुंगाको नवलपुरघाट भन्ने स्थानमा बनाउने भन्ने कुरा आएकाले त्यस्तो भए आपूmहरु चुप लागेर नबस्ने बताए ।

बिपी स्मृति भवन निर्माण गर्न नौ सदस्य समिति

बैठकले बिपि स्मृति भवन निर्माण गर्नका लागि जिल्ला सभापती लवश्री न्यौपानेको अध्यक्षतामा ९ जनाको विपि स्मृति भवन निर्माण मूल समिति पनि गठन गरेको छ । मुल समितिको सचिवमा जिल्ला सचिव लेखबहादुर कार्की, कोषाध्यक्षमा जिल्ला कोेषाध्यक्ष कुमार श्रेष्ठ रहेका छन् । त्यस्तै समितिका सदस्यहरुमा झपडराज भण्डारी, चन्द्र राउत, सुमित्रा मोक्तान, नारायण खड्का, राजु कुमार श्रेष्ठ र जितेन्द्र मोक्तान रहेका छन् । बैठले पौष १६ गते रामेछापको गेलुमा ४१ औँ राष्ट्रिय मेलमिलाप दिवस मनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्