सिसि क्यामेराको निगरानीमा मन्थली



६ पुस, रामेछाप ।
मन्थली नगरपालिमा हुने अवैध गतिविधि रोक्न र बजारलाई सुरक्षित बनाउन अब सिसि क्यामेरा जडान हुने भएको छ । रामेछाप उद्योग वाणिज्य संघको पहलमा सिसि क्यामेरा जडान हुन लागेको हो ।

जिल्लामा पहिलो पटक सिसि क्यामेरा जडान हुन लागेको छ । मन्थलीलाई सुरक्षित बजारको रुपमा विकास गर्न बजार क्षेत्रमा सिसि क्यामेरा जडान गर्ने कार्य उद्योग बाणिज्य संघले अगाडि बढाएको रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले बताए । मन्थलीमा बुधवार आयोजित एक कार्यक्रममा उनले सिसि क्यामेरा जडानको काममा सहयोग गर्न मन्थली नगरपालिका, राजनीति पार्टीका प्रतिनिधिसँग आग्रह गरेका छन् ।
उनले सडक वत्ती व्यवस्थापन गर्नुपर्ने, तामाकोसी मन्थली प्रवेश गर्ने पुलदेखि सुकाजोर खोलासम्म फुटपाथ निर्माण गर्नुपर्ने, टेलिफोन विद्युत् र खानेपानीका लाइन केबुलहरु अन्डरग्राउन्ड गराउनु पर्ने,.योगहल, खेलमैदान, स्वीमिङ पुल, सिटिहल बनाउन नगरपालिकाको ध्यान दिनुपर्ने माग राखेका छन् । मन्थलीका नगरपालिका मुख्य बजारमा सिसि क्यामेरा जडान गरिने पनि थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्