कुलमान घिसिङले गरे ८० मेगावाट बिजुली ल्याउने सम्झौता



८ पुस, काठमाडौं ।
उपत्यकालाई मात्र नभई सिंगो देशलाई नै लोडसेडिङमुक्त बनाउने अभियानमा लागेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ८० मेगावाट विजुली खरिद सम्झौतामा हस्ताक्षर गरेका छन् ।

घिसिङले बुधवार दिल्लीमा विद्युत खरीद सम्झौता (पीपीए)मा गरेका हुन् । सम्झौताअनुसार मुजफ्फरपुर ढल्केबर प्रसारण लाइनमार्फत् नेपालले थप ८० मेगावाट विजुली प्राप्त गर्ने छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको एनभीभीएन विद्युत विकास निगमका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गवीच हस्ताक्षर भएको हो । सम्झौता अनुसार ढल्केबरबाट नेपालले हाल ८० मेगावाट पाउने छ भने फेब्रअरीदेखि १६० मेगावाट बिजुली नेपालले खरिद गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्