रामेछापमा ८ स्थानीय तहको बनाउने आयोगको निर्णय



१० पुस, काठमाडौं ।
स्थानीय तह पुनर्संरचनाको लागि रामेछाप जिल्ला प्राविधिक सिफारिस समितिले सिफारिस गरे अनुसार आठ वटा स्थानीय तह बनाउने निर्णय गरेको छ । रामेछापमा ८ स्थानीय तह बनाउने राजनीतिक दलहरुले सहमति जनाएर जिल्ला प्राविधिक समितिलाई सिफारिस गरेका थिए । तर केही गाविसहरुमा केन्द्र निर्धारणको विषयलाई लिएर स्थानीय विरोध जनाउदै आएका छन् । राज्य पुनसरचना आयोगले सात प्रदेशमा झण्डै ७३० स्थानीय तह बनाउने सिफारिस गर्न लागेको छ ।
पुनर्संरचनापछि अहिलेको २१७ नगरपालिकाको संख्या पनि बढेर करिब तीन सय पुग्नेछ। महानगरपालिकाको संख्या पनि बढ्नेछ । ललितपुर, भरतपुर, पोखरा र विराटनगर महानगरपालिकामा स्तरोन्नति हुने भएको छ । आयोगले जिल्लाको प्राविधिक समितिले रामेछापले सिफारिस गरेका केन्द्रलाई नफेर्ने गरी सरकार समक्ष सिफारिस गर्न लागेको गरी सरकार समक्ष सिफारिस गर्न लागेको छ । मधेसवादी दलहरुको अवरोधको कारण २ नम्बर प्रदेशमा पनि केन्द्रबाट नै स्थानीय तहको संख्याको टुंगो लगाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्