कुशेश्वर माविको अध्यक्षमा केशब चालिसे निर्वाचित



१० पुस, रामेछाप ।
बेथानस्थित कुशेश्वर माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा केशव चालिसे निर्विरोध निर्वाचित भएका छन् । विद्यालय व्यवस्थापन समिति चयनमा विवाद भएपनि आज भएको अभिभावक भेला मार्फत चालिसे अध्यक्षमा निविरोध अध्यक्षमा चयन भएका हुन् ।

त्यसैगरी सदस्यहरु पनि निविरोध चयन भएका छन् । सदस्यहरुमा कल्पना चालिसे, कान्छी तामाङ, गोमा पाण्डे, सन्तोष खडका, धनबहादुर तामाङ चयन भएका छन् । सदस्य सचिवमा विद्यालयका प्रअ सुनिता सिलवाल रहेका छन भने बाँकी एक सदस्य चयन गर्न बाँकी रहेको छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पूर्व अध्यक्ष रामबाबु पाण्डेले उम्मेदवारी दिने तयारी गरेपनि विद्यालयको हितलाई मध्यनजर गर्दै पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । अध्यक्षमा चयन भएका चालिसले स्कुलको भौतिक संरचना निर्माणमा भूमिका खेल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्