सूचना नलुकाउन रामेछापका कार्यालय प्रमुखलाई बास्कोटाको कडा निर्देशन



१० पुस, रामेछाप ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि वास्कोटाले रामेछाप जिल्लाका कार्यालय प्रमुखहरुलाई नागरिकले पाउनु पर्ने सूचना नलुकाउन कडा निर्देशन दिएका छन् । उनले संविधानले अझै पनि नागरिकलाई पूर्ण रुपमा सूचनाको प्रत्याभूति दिलाउन नसकेको बताएका हुन् ।
रामेछापको सदरमुकाम मन्थलीमा सरकारी , गैरसरकारी तथा निजी क्षेत्रका प्रमुख एवं प्रतिनिधिसँगको छलफलमा प्रमुख आयुक्त बास्कोटाले प्रदेशमा सूचना आयोगको व्यवस्था नगरिँदा सूचनामा नागरिकको पहुँच कम भएको बताए । वर्तमान संविधानमा सूचना माग्ने र दिने कुरा उल्लेख भए पनि सूचना प्रवाह गर्ने कुरा उल्लेख नभएको बताउदै उनले भने,‘नागरिकलाई सूचना दिने कुरा संविधानले गरेको छ, अर्काेतिर गोप्य सूचना दिन वाध्य नहुने कुरा भनेको छ, नागरिकको सूचनाको अधिकार संवैधानिक रुपमा नै खोसिएको छ ।’
सूचनाको हकसम्बन्धि ऐनले सरकारी कार्यालय, राजनीतिक दल, गैरसरकारी संस्था र निजी क्षेत्रका सूचना पाउने नागरिकको अधिकारको व्यवस्था भएकोले सोही अनुसार सूचना सार्वजनिक गर्न उनले जिल्लास्थित कार्यालय प्रमुखलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्