शान्ति समितिको संयोजकमा कार्की



१० पुस, रामेछाप ।
स्थानीय शान्ति समिति रामेछापको संयोजकमा लेखबहादुर कार्की चयन भएका छन् । नेपाली कांग्रेस रामेछापका कार्यसमिति सचिव समेत रहेका कार्की संयोजकमा चयन भएका हुन् । शान्ति समितिले जिल्लामा शान्तिस्थापनार्थ काम गर्दै आएको छ । शान्ति समाजको संयोजकमा राजनीतिक दलहरुबीच आलोपालो प्रणालीबाट चयन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्