कुलमान घिसिङको कमाल जेठबाट देशभर लोडसेडिङ हटने



१२ पुस, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको जिम्मेवारी सम्हालेको चार महिनापछि सिंगो देशलाई लोडसेडिङमुक्त बनाउने भएका छन् । घिसिङको नेतृत्वमाा २०७४ जेठपछि देशभर लोडसेडिङ) अन्त्य हुनेभएको छ । परीक्षणका रुपमा दशैंपछि काठमाडौं उपत्यकाको लोडसेडिङ अन्त्य गरेको प्राधिकरणले आउँदो जेठपछि देशभरको विद्युत् कटौती हटाउने तयारी अघि बढाएको हो ।
यसका लागि प्राधिकरणले तीव्र रुपमा विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारको काम अघि बढाएको छ । प्राधिकरणले भारतबाट आयात हुने ढल्केबर–मुजफ्फरपुर, कटैया–कुशाहा, रक्सौल–परवानीपुर, टनकपुर–महेन्द्रनगरजस्ता अन्तरदेशीय लाइनका पूर्वाधार सुधार गर्ने काम चलिरहेको र जेठपछि आन्तरिक उत्पादन पनि पूर्ण क्षमतामा हुने भएकोले देशभर लोडसेडिङ अन्त्य गर्न सकिने बताएको छ ।

हाल देशभरको विद्युत माग १२ सय ७३ मेगावाट छ । यस मध्ये विद्युत् प्राधिकरणको ३६१ मेगावाट, निजी ऊर्जा उत्पादकको २०८ मेगावाट र आयातित २९९ मेगावाट गरी कुल ८६८ मेगावाट विद्युत् आपूर्ति भएको छ । प्राधिकरणका अनुसार देशभर कुल ४०५ मेगावाट विद्युत् अपुग छ । करिब २ लाख इन्भर्टर प्रयोग नगरिदिँदा करिब १ सय मेगावाट विद्युत् बचत भएको अनुमान प्राधिकरणको छ ।

प्रतिक्रिया दिनुहोस्